सुर्खेत, २२ मंसिर ।
कोपिला भ्याली सेवा समाज सुर्खेतको चौथो बार्षिक साधारणसभा शनिबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । कोपिला भ्याली स्कुल र सेवा समाजका अध्यक्ष टोपबहादुर मल्लको सभापतित्वमा भएको साधारणसभामा लेखापाल खगेन्द्र मल्ले आर्थिक बर्ष २०६८÷०७० को आयव्यय र आर्थिक बर्ष २०७०÷०७१ को अनुमानित बजेट प्रस्तुत गरेका थिए ।
मनबहादुर सिंहको प्रमुख आतिथ्यता तथा धना काकी,स्कुलका निर्देशक म्यागी डोइनको विशेष आतिथ्यतामा भएको साधारणसभामा अध्यक्ष मल्लले आफू अझै गरिब टुहुरा बालबालिकाहरुको शिक्षाको लागि तल्लित रहने बताएका थिए । यस्तैविद्यालयका निर्देशक म्यागि डोइनले टुहुरा बालबालिकालाई शिक्षा दिन पाएकोमा आफू खुसि भएको बताइन् । कार्यक्रममा स्कुलका उप–प्राध्यानाध्यापक मीनबहादुर शाही, समाजसेवी भिमबहादुर काफ्ले राजेन्द्र थापा, कृष्ण थापा लगायतले भनाइ राखेका थिए भने अजय कार्कीले स्वागत मन्तव्य राखेका थिए ।
No comments:
Post a Comment