Sunday, December 8, 2013

जनमतको सम्मानका लागि राष्ट्रपती चुन्नुपर्ने

सुर्खेत, २२ मंसिर । 
नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषदका सदस्य यामलाल कंडेलले नयाँ जनादेश अनुसार राष्ट्रपती  र उपराष्ट्रपती चुनीनु जनमतको सम्मान हुने बताएका छन् । 

नेकपा एमाले सुर्खेतले सुर्खेत क्याम्पस (शिक्षा) को सभाहलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा सो कुरा बताएका हुन् । उनले जनमतको कदर गर्नुपर्ने बताउँदै अहिलेको नयाँ जनादेश अनुसार नै राष्ट्रपती चुन्नु पर्ने जिकिर गरेका छन् । सुर्खेतमा निर्वाचन परिणाम एमलोका लागि निराशा र पिडादायक भएपनि नेकपा एमालेको विचार जनअनुमोदित भएर मूलुकभरीको परिणाम उत्साहजनक रहेको कंडेलले बताए । भेलामा बोल्दै उनले पार्टीलाई जिल्लामा पुर्नरनिर्माण गर्न नयाँ एकता र नयाँ उर्जाका साथ लाग्न पार्टी कार्यकर्ताहरुलाई आह्वान गरेका थिए  । कार्यक्रममा राष्ट्रिय प्रतिनिधि परिषद सदस्य बालाराम शर्माले संघर्ष र संकटको समयमा अग्रमोर्चामा उभिनु असली कम्यूनिष्टको पहिचान भएकोले पार्टीलाई बलियो बनाउँन सबै एकजुट भएर लाग्नुपर्ने बताए । अहिले पनि देश एमालेको नीतिमा अगाडी बढीरहेको बताउँदै शर्माले देशमा आर्थिक क्रान्ति मार्फत विकास गर्नका लागि र सर्वपक्षीय संविधान निर्माण गर्नका लागि एमालेकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने बताए  । कार्यक्रममा अञ्चल कमिटि सदस्य कुलदिप भट्ट, जिल्ला प्रचार विभाग प्रमुख टेकेन्द्रकुमार वस्नेत,बुद्धीजीवी परिषद केन्द्रीय सदस्य लिलाधर तीवारी, अनेम संघ सुर्खेतका अध्यक्ष मोहनमाया ढकाल लगाएतले आफ्नो भनाई राखेका थिए । कार्यक्रममा उपस्थीत कार्यकर्ताहरुले निर्वाचनको समिक्षामा आधारित विचार राखेपछि अगुवा कार्यकर्ताको प्रश्नको जवाफमा एमाले सुर्खेतका अध्यक्ष नवराज रावतले पार्टीलाई विधि कमिटि प्रणाली र अनुशासनमा चलाएर मात्रै पुर्नस्थापित गर्न सकिने बताए । रावतले निर्वाचन परिणामबाट निराशा र हतोत्साही नभई नयाँ उर्जाका साथ संगठन निर्माणमा क्रियाशिल हुन आह्वान गरे । संविधान निर्माण शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउनुका साथै देशको समग्र विकासका लागि देशले एमालेको बिचार र नेतृत्वको मशुस गरिरेको बताउँदै अब बन्ने सरकार एमालेको नेतृत्वमा हुने जिकिर गरे ।  पार्टी अध्यक्ष नवराज रावतको अध्यक्षता भएको कार्यक्रम सदस्य ऐनबहादुर चन्दले सञ्चालन गरेका थिए । 

No comments:

Post a Comment