Monday, December 9, 2013

इकाइ कमिटी गठन

सुर्खेत, २३ मंसिर ।
नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति सुर्खेतले जनज्योति उच्च मावि बड्डीचौरमा इकाइ कमिटी गठन गरेको छ । विद्यार्थी संघको सातांै जिल्ला अधिवेशनलाई सम्पन्न पार्नका लागि विभिन्न विद्यालयहरुमा इकाइ कमिटी गठन गरिएको छ ।
जनज्योति उमाविमा डिलसरा डम्मरपाल मगरको अध्यक्षतामा २५ सदस्यीय र सुर्य प्रकाश उमावि पलैंटे सालकोटमा भुवन मर्साङ्गी मगरको अध्यक्षतामा २५ सदस्यीय इकाइ कमिटी गठन गरिएको छ ।
उक्त कार्यक्रममा बोल्दै नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति सुर्खेतका अध्यक्ष प्रकाश तारामी मगरले अवको दिनहरुमा मगर विद्यार्थीहरु सक्रिय रुपले आफ्नो भाषा, कला संस्कृतिका साथै शैक्षिक क्षेत्रमा मगर विद्यार्थीको पहुँचमा बृद्धि गर्नुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा संघका सचिव खडक थापा मगरले नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति सुर्खेतले सुर्खेतमा संचालन हुन लागेको महोत्सवमा सम्पूर्ण मगर विद्यार्थीहरु एक जुट भई मगर परिका सहितको होटललाई संचालन गर्ने जानकारी दिए । नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति सुर्खेतले सुर्खेतमा संचालन हुन लागेको महोत्सवमा मगर परिकार सहितको होटल संचालन गर्न लागेको छ ।

No comments:

Post a Comment