Thursday, December 26, 2013

४५ दिन भित्र आय–व्यय सार्बजनिक गर्ने

सुर्खेत, ११ पुस । 
मंसिर २८ देखि यहि पुस ७ गते सम्म सञ्चालित नेपाल व्यापार तथा पर्यटन मेला–२०७० को आम्दानी तथा खर्चको विवरण मेला सम्पन्न भएको ४५ दिन भित्र सार्बजनिक गरिने भएको छ । 

मेलाका संयोजक पदमबहादुर शाहीले बिहीबार एक प्रेस विज्ञप्ति मार्फत मेलामा भएको आय–व्यय विवरण ४५ दिन भित्रमा सार्बजनिक गर्ने जनाएका हुन् । विज्ञप्ति मार्फत शाहीले साथै विगतमा गरिएका प्रतिवद्धताहरुलाई कार्यान्वयन गराउन लागि पर्ने पनि प्रतिबद्धता जनाएका छन् । 
साथै शाहीले मेलाका आयोजक सह–आयोजक तथा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्णलाई विशेष धन्यवाद सहित आभार व्यक्त गरेका छन् ।  

No comments:

Post a Comment