Saturday, January 4, 2014

प्रतिष्ठानको महाधिवेशन खर्च ४१ लाख

सुर्खेत, २० पुस ।
सुर्खेतमा पहिलो पटक आयोजना गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको पाँचौ राष्ट्रिय महाधिबेशनमा करिब ४२ लाख खर्च भएको छ । गत असोज १२ गतेदेखि १४ गतेसम्म सुर्खेतमा सम्पन्न भएको महाधिबेशनमा ४१ लाख ९४ हजार ३ सय ९ रुपैयाँ खर्च भएको महाधिबेशन आयोजक शाखा सुर्खेतले जनाएको छ । 

प्रतिष्ठान शाखा सुर्खेतले शनिबार पर्यटकिय स्थल बुलबुले उद्यान भित्र वनभोज तथा खर्च विवरण सार्वजनिक कार्यक्रम गरि यस्तो जानकारी दिएको हो । महाधिवेशनमा सबैभन्दा बढी भोजन तथा आवासमा भएको प्रतिष्ठान शाखा सुर्खेतका कोषाध्यक्ष खड्क चन्दले जानकारी दिए । 
उनका अनुसार खाना तथा भोजनमा मात्रै १६ लाख २६ हजार ६ सय ७४ रुपैंयाँ खर्च भएको छ । यस्तै साउण्ड सिस्टम तथा टेन्टमा पाँच लाख एक हजार, सदस्यता शुल्कबाट कर कट्टी गरी प्रतिष्ठानको केन्द्रमा पठाएको पाँच लाख २३ हजार ८ सय, किट व्यागमा दुई लाख ५० हजार रुपैयाँ खर्च भएको छ । 
त्यस्तै छपाई तथा लेखाईमा एक लाख ७६ हजार पाँच सय ३८, झाँकी तथा पुरस्कारमा एक लाख ३६ हजार ७ सय रुपैयाँ, स्टेशनरीमा ८३ हजार ९ सय ४१, यातायात तथा इन्धनमा ९२ हाजार एक सय ८०, खानेपानी, विद्युत तथा सरसफाईमा ५१ हजार एक सय ७०, प्रचार प्रसार एवंम संचारमा १२ हजार, अतिथि सत्कार २६ हजार ६ सय ७८, जनशक्ति तथा सुरक्षा परिचालनमा ५६ हजार ७ सय ११ रुपैयाँ खर्च भएको छ । दुई लाख ९३ हजार चार सय ८९ रुपैयाँ भने अझै पनि नउठेको कोषाध्यक्ष चन्दले जानकार दिए । 

No comments:

Post a Comment