‘उद्योग व्यावसाय धरापमा’
|
af/
|
;do tflnsf
|
|
|
cfOtaf/
|
ljxfg $–!)
|
lbpF;f] @–&
|
|
;f]daf/
|
ljxfg #–(
|
lbpF;f] !–^
|
|
d+unaf/
|
ljxfg !)–%
|
;fFem
&–!@
|
|
a'waf/
|
ljxfg (–#
|
;fFem ^–!!
|
|
ljxLaf/
|
ljxfg *–@
|
;fFem %–!)
|
|
z'qmaf/
|
ljxfg ^–!
|
;fFem %–!)
|
|
zlgaf/
|
ljxfg %–!!
|
lbpF;f] #–(
|
सुर्खेत, २० पुष ।
नेपाल विद्युत प्राधिरणले लोडसेडिङको समयावधी फेरि बढाएको छ । प्राधिकरणले आइतबार (आज) देखि लागु हुने गरी सातामा ८० घण्टा विद्युत कटौती हुने सहितको नयाँ तालिका सार्वजनिक गरेको हो ।
यसअघि दैनिक ९ घण्टासम्म हुँदै आएको लोडसेडिङ अबदेखि दैनिक सरदर १२ घण्टासम्म हुनेछ । प्राधिकरणले दिनको दुई पटक गरी दैनिक १२ घण्टासम्म लोडसेडिङ हुने तालिका सार्वजनिक गरेको हो । प्राधिकरणले एकलौटी रुपमा लोडसेडिङ बढाएको भन्दै व्यापारीहरुले नयाँ तालिका अनुसार उद्योग व्यवसायमा प्रत्यक्ष असर पुग्ने बताएका छन् ।
विशेषगरी विद्युतमा आधारित भई सञ्चालन हुने उद्योगधन्दा लोडसेडिङका कारण धरासायी तथा बन्द हुने अवस्थामा पुगेको उद्योग बाणिज्य संघ सुर्खेतका अध्यक्ष पदमबहादुर शाहीले बताए । ‘लोडसेडिङका कारण व्यवसाय बन्द हुने अवस्थामा छन्’ उनले भने,‘ प्राधिकरणले लोडसेडिङको तालिका बनाउँदा व्यवसायमैत्री बनाउनु पर्छ ।’
लोडसेडिङको राष्ट्रिय समस्या भएपनि देशभरीका व्यापारीहरुसंग छलफल गरी उद्योग धन्दा धरासायी नहुने ढंगले समय तालिका बनाउनु पर्ने शाहीको भनाई छ । केन्द्रीय रुपमा निर्धारण गरिएको एउटा तालिका भएपनि स्थानीय रुपमा बेला बेलामा हुने लोडसेडिङका कारण व्यवसायी मर्कामा परेको शाहीले बताए ।
राज्यले व्यवसाय सञ्चालनका लागि अनुमति दिएपछि उनीहरुको व्यवसाय सञ्चालनका लागि पनि संरक्षण गर्नुपर्ने बताउँदै लोडसेडिङका कारण घाटा व्यहोरेका व्यापारीहरुलाई क्षतिपूर्ति दिनुपर्ने कतिपय व्यापारीहरुको माग रहेको छ ।
विद्युतबाट सञ्चालन हुने घरेलु तथा साना उद्योगहरु पनि लोडसेडिङका कारण प्रभावित भएको बताउँदै नेपाल घरेलु तथा साना उद्योग महासंघ सुर्खेतका अध्यक्ष चन्द्रबहादुर विसीले समय तालिका सच्याउँनुपर्ने बताए ।
साना उद्योगहरु लोडसेडिङ र विद्युत आएको समयमा पनि पावर समेत कम आउँदा औजारहरु बिग्री क्षति हुने विसीले बताए । लोडसेडिङ गरेर भन्दा पनि स्थानीय स्तरमा लघु तथा साना विद्युत आयोजनाको निर्माण गरी औधोगीकरणमा सहयोग गर्नुपर्ने उनको भनाई छ ।
विद्युत प्राधिकरण वितरण शाखा सुर्खेतका प्रमुख सुरेशप्रसाद सिंहले केन्द्रीय भार प्रेसण कार्यालय काठ्माण्डौँ बाटै लोडसेडिङ तालिका निर्धारण गरिएको बताउँदै देशभर लागु हुने तालिका भएकाले शाखाले सुधार गर्न नसक्ने बताए । उनले स्थानीयवासीहरुले समय तालिका अनुकल नभएको भनि कार्यालयमा निवेदन दिए नेपालवगंन्ज स्थित प्राधिकरणको क्षेत्रीय कार्यालय मार्फत केन्द्रीय कार्यालय पठाउन सकिने जानकारी दिए ।
No comments:
Post a Comment