सुर्खेत, ६ माघ ।
पशुको कृत्रिम गर्भाधान तर्फ सुर्खेतका किसानहरुको आकर्षण बढ्दै गएको छ । जिल्लामा व्यावसायीक पशुपालसंगै कृत्रिम गर्भाधान तर्फ किसानहरुको आकर्षण बढेको हो ।
पशुको कृत्रिम गर्भाधान तर्फ सुर्खेतका किसानहरुको आकर्षण बढ्दै गएको छ । जिल्लामा व्यावसायीक पशुपालसंगै कृत्रिम गर्भाधान तर्फ किसानहरुको आकर्षण बढेको हो ।
जिल्ला पशु सेवा कार्यालयले पशु प्रजनन कार्यक्रम अन्र्तगत सञ्चालन गर्दै आएको कृतिम गर्भाधान कार्यक्रमलाई समेत व्यापकता दिइएको छ । कार्यालयका पशुसेवा अधिकृत कृष्णप्रसाद पंगेनीका अनुसार जिल्ला पशु सेवा कार्यालय सहित जिल्लाका विभन्न १३ ठाउँहरुमा कृतिम गर्भाधान सेवा सञ्चालन गरिएको छ । सामुदायिक पशुसेवा उपकेन्द्र मार्फत गरिएका कृतिम गर्भाधान सेवा कुनाथरी, उत्तरगंगा, छिन्चु, साटाखानी, रामघाट, गुमी र सहारेमा साथै जर्बुटा ४ करैखोला र मैनतडामा कृषि तथा पशु सहकारी मार्फत कृतिम गर्भाधान कार्यक्रम सञ्चालन गरिएको अधिकृत पंगेनीले बताए । उनले नश्लसुधार कार्यक्रम अन्र्तगत गुठुमा भने उन्नत जातका राँगो तथा साँढे मार्फत प्राकृतिक गर्भधान स्थापना गरिएको जानकारी दिए । सेवा केन्द्र तथा जिल्ला जिल्लामा गाई, भैँसी र बाख्रामा कृृत्रिम गर्भाधान गराउने सेवा सञ्चालन गरिएकोमा कृषकले गाईमा सबै भन्दा बढी कृत्रिम गर्भाधान गराउने गरेको जिल्ला पशु सेवा कार्यालयको तथ्याङ्क रहेको छ । कार्यालयका अनुसार गत साउने देखि पुस मसान्त सम्मा सुर्खेत जिल्लामा सात सय ४४ गाई भैसीमा कृत्रिम गर्भाधान गरिएको छ । पाँच सय ६५ गाई र एक सय ७९ भैँसीमा कृत्रिम गर्भाधान गरिएको हो । पशु अधिकृत पंगेनीका अनुसार एक पटक एउटा पशुमा कृत्रिम गर्भाधान गराएवापत २५ रुपैयाँ मात्रै तिर्नु पर्दछ । प्रति बर्ष दुइ हजार पशुमा कृत्रिम गर्भाधान गराउनेको कार्यालयको लक्ष्य भएपनि गत बर्ष भने एक हजार आठ सय २४ गाई भैँसीमा कृत्रिम गर्भाधान गरिएको कार्यालयको तथ्याङ्क रहेको छ । चालु आर्थिक बर्षमा पनि दुई हजार पशुमा कृत्रिम गर्भाधार गराउने कार्यालयको लक्ष्य रहेको पशुसेवा अधिकृत पंगेनीले बताए । उनका अनुसार बितेको एक वर्षमा जिल्लामा ४५ वटा बाख्राको कृत्रिम गर्भाधान गरिएको छ । विगत दुई दशकदेखि जिल्ला पशुसेवा कार्यालयले उन्नत जातका पशु उत्पादन गर्न कृत्रिम गर्भाधानलाई सञ्चालन गर्दै आएको भएपनि पहिले व्यापक प्रचार प्रसार र व्यावसायीक पशुपालन नभएकाले भर्खर मात्रै कृत्रिम गर्भाधानप्रति आकर्षण बढेको अधिकृत पंगेनी बताउँछन् । आगामी दिनमा कृत्रिम गर्भाधानका केही सामुदायीक पशु प्रजनन केन्द्र थपेर यसलाई व्यापक गराइने योजना रहेको कार्यालयले बताएको छ । बीस वर्षअघिदेखि जिल्लामा सञ्चालन भएको पशुलाई कृत्रिम गर्भाधान गर्ने पशु प्रजनन कार्यक्रम प्रभावकारीरूपमा सञ्चालन नभएपछि कार्यालयले गत आर्थिक वर्षमा नयाँ योजना तथा अवधारण लिएर सञ्चालन गरेको कृत्रिम गर्भाधानले विगतका वर्षहरुभन्दा प्रगति गरेको कार्यालयको ठम्याइ छ । पशु अधिकृत पंगेनीका अनुसार कृत्रिम गर्भाधान गर्नाले उन्नत जातको गाईभैंसीको उत्पादन हुने र त्यसले स्थानीय जातका गाईभैंसीभन्दा बढी दुधालु हुने भएकाले कृत्रिम गर्भाधान गर्नु निकै फाइदा जनक हुन्छ । कृत्रिम गर्भाधान वा उन्नतजातको पशुसंगको गर्भाधान पछि जन्मिएको वर्णशंकर पशुको स्थानीय जातभन्दा छिटो बृद्धि विकास भई छिटै माउ बन्ने भएकोले किसानको आर्थिक विकासमा समेत सहयोग पुग्ने अधिकृत पंगेनीको भनाई छ ।
No comments:
Post a Comment