सुर्खेत, ६ माघ ।
विश्व तालीयात्रा गर्न लागेका सुर्खेत लाटीकोइली ८ का देवराज भण्डारीले स्थानीय स्तरमा सर्मथन जुटाउनुका साथै व्यापकतामा जोड दिएका छन् । अभियान अन्र्तगत भण्डारीले सोमबार इगरव्रिज उच्च माद्यमिक विद्यालय र लाटीकोइली ८ मा रहेको बौद्ध गुम्बामा ताली अभियान प्रदर्शन गरेका हुन् ।

जलवायु परिवर्तन सम्बन्धि जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले विश्व तालीयात्रा सुरु गरेका भण्डारीले विद्यालय तथा गुम्बामा जलवायु परिवर्तनबारे जानकारी दिँदै ताली अभियान सञ्चालन गरेका थिए । विद्यालयका विद्यार्थी शिक्षक तथा गुम्वामा बौद्धधर्मालम्बि र लामाहरु ताली अभियानमा सहभागी भएका थिए । बौद्ध गुरु शिव लामा सहितले ताली अभियानको समर्थन गर्दै विश्व यात्राको शुभकामना दिएका थिए । भण्डारीले आकाशतिर हात फैलाएर एक सय एक पटक ताली बजाउने र सहभागीलाई पनि बजाउने लगाउने गरेका छन् । दैलेख र सुर्खेत जिल्लाका विभिन्न स्थानहरुमा तालीयात्रा गरीसकेका भण्डारीले पश्चिम नेपालका जिल्लाहरु हुँदै एक बर्ष भित्रमा १४ अञ्चल भरिका केही जिल्लाहरुमा तालीयात्रा प्रदर्शन गरिसक्ने योजना रहेको बताए । कठ्माण्डौँमा अन्तिम कार्यक्रम प्रदर्शन गरी भारत र चिन हुँदै ११ बर्ष भित्रमा विश्वका सबै राष्ट्रहरुमा ताली अभियान प्रदर्शन गर्ने उनको योजना रहेको छ । विश्वका सबै मानिसहरुबीच विश्वबन्धुत्वको भावना फैलाउँदै विश्वमा शान्तिको सन्देश फैलाउनु पनि ताली यात्राको मुल उद्देश्य रहेको भण्डारीले बताए ।
No comments:
Post a Comment