दैलेख, ६ माघ ।
ऐतिहाँसिक महत्वको रुपमा रहेको दैलेखको बेलासपुर मन्दिरमा निर्माण थालिएको भवनको निर्माण सम्पन्न रकम नहुँदै भुक्तानी गरिएपछि अनियमिता भएको आशंका भएको छ ।
ऐतिहाँसिक महत्वको रुपमा रहेको दैलेखको बेलासपुर मन्दिरमा निर्माण थालिएको भवनको निर्माण सम्पन्न रकम नहुँदै भुक्तानी गरिएपछि अनियमिता भएको आशंका भएको छ ।
पर्यटन बोर्ड नेपालगंजको आर्थिक सहयोगमा दैलेखको बेलासपुर मन्दिर परिषरमा निर्माण गरिएको गाधिघर भवन निर्माण सम्पन्न नहुँदै रकम भुक्तानी गरिएको खुलेको हो । पर्यटन बोर्ड नेपालगंजको ७ लाख ६० हजार र स्थानीय जनश्रमदान ३ लाख ५७ हजार गरि ११ लाख १७ हजारमा निर्माण सम्पन्न गर्नुपर्ने उक्त भवनको निर्माण सम्पन्न नहुँदै भुक्तानी भैसकेको खुलासा भएको हो । भवन निर्माणको ढलान सकिए लगत्तै ढलान चुहिने भएको छ । ढलान चुहिएपछि काममा गुणस्तर नभएको स्थानीय प्रत्यक्ष दर्शीको आरोप छ । निर्माणको जिम्मा लिएको बेलासपुर मन्दिर क्षेत्र संरक्षण, प्रर्वद्धन तथा व्यवस्थापन समितिले काम राम्रो नगरेको जनगुनासो व्यापक आएको छ । अहिले मन्दिर क्षेत्रमा निर्माण गरिएको भवनमा पिल्लर र ढलान मात्रै गरिएको छ यसवाहेक कोठाहरुमा बान्दो लगाउनुपर्ने सो भएको छैन् । मन्दिरका पुजारीले समेत आपूmहरुलाई कुनै जानकारी नगराएरै भवन निर्माण गरिएको गुनासो गरेका छन् । भवन लथालिगं छ । रकम कति आएको थियो ? काम कति गर्नुपर्ने हो ? आफुहरुलाई समितिले जानकारी नै नदिएको भन्दै पुजारीले पारदर्शी हुनुपर्ने माग राखेका छन् ।
समितिका सचिव नविन शर्माले यसवारे आफुहरुलाई केही थाहा नभएको बताएका छन् । समितिले कामको जिम्मेवारी भूपेन्द्र शाही र प्रकाश न्यौपानेलाई दिएको बताएको छ । एउटा कोठा खुल्लै र अर्को कोठा बान्दोसहितको हुनुपर्ने सामान्य जानकारी मात्र भएको शर्माले बताए छ । समितिका पदाधिकारीहरुलाई समेत कामको जानकारी नहुनुले समितिका केही व्यक्तिहरुको मिलोमत्तो मात्रै काम भएको पक्का भएको छ ।
रकमबारे जानकारी लिन खोज्दा पर्यटन बोर्डले समेत आलटाल गरेको छ । पर्यटन बोर्डका प्रमुख नारायण कुवँरले समिति आफैले काम गर्ने भनेर सम्झौता गरेको बताए । २०७० साल असार २५ गते सम्पन्न भएको कागज पेश गरेर रकम निकाशा भैसकेको कुवँरले बताएका छन् । कामको मुल्याँकन र निरिक्षणको जिम्मा लिएका ईन्जिनियर शैलेन्द्र महर्जनले काम अँझै पुरा नभएको हुनसक्ने बताएका छन् आफु एकपटक आएको बेला हेरेको र पहाडी जिल्लाहरुमा गुणस्तरको मापन गर्ने कुनै साधन नभएकोले बाहिरवाट हेरेकै आधारमा बोल्नुपर्ने बताए । यतीमात्र हैन ऐतिहाँसिक महत्व बाकेको उक्त मन्दिर क्षेत्रमा आफ्नो काम र ठेक्का पुरा गर्नको लागि अनियमित रुपमा डोजर प्रयोग गरिएको छ । सार्वजनिक हितका सम्पतीहरुमा डोजर प्रयोग गर्दा स्थानीय जिल्ला प्रशासन लगायतका निकायहरुलाई खबर गर्नुपर्ने हो तर बेलासपुर मन्दिरमा आफ्नो कामको स्वार्थ हेरेर अनियमित रुपमा डोजर प्रयोग गरेको प्रति स्थानीयहरु आक्रोसित बनेका छन् । समितिका अध्यक्ष भूपेन्द शाहीले नारायण नगरपालिकालाई धम्काएर जवरजस्ति काम सकिएको कागज गर्न लगाएको समेत खुलासा भएको छ । आफ्नो काम पुरा गर्नको लागि लगाईएको डोजरको समेत भुक्तानी मिलाईदिन पत्रकार शाहीले नारायण नगरपालिकामा जवरजस्ती गरेपनि नियम विपरित भएको भन्दै तत्कालिन नगरप्रमुखले रकम दिन मानेका थिएनन् । आफ्नो काम नगरिदिएपछि शाहीले जनताहरुलाई उचालेर फोहोरको नाउँमा राजनीति गरेर नगरपालिकासँग रिस पोखेको समेत खुलेको छ । नारायण नगरपालिकाले समेत प्राकृतिक सौन्र्दयतालाई बचाई राख्नुपर्ने भन्दै मन्दिर जानको लागि २० लाखको लागतमा ४ बर्ष अघि सिढी निर्माण गरिदिएको थियो । व्यक्तिगत स्वार्थ पुरा गर्नको लागि अनियमित रुपमा ऐतिहाँसिक स्थलमा डोजर प्रयोग गर्नेहरुलाई तत्काल कार्वाही गर्नुपर्ने स्थानीयहरुको माग रहेको छ । मन्दिरको सिढीं निर्माणमा समेत गुणस्तर नभएकोले अहिले सिंढींका धेरै भागहरु भत्कने अवस्थामा रहेका छन् भने समितिको लापरवाहिका कारण सिढीं क्षेत्रमा लगाईएका महंगा रेलिगंहरु कतिपय भाँचिएका छन् त कतिपय चोरी भैसकेका छन् ।
प्रमुख जिल्ला अधिकारी होमनाथ थपलियाले यसबारे आफुलाई कुनैपनि जानकारी नभएको भन्दै ऐतिहाँसिक क्षेत्रवरपर डोजर प्रयोग गर्नै नमिल्ने बताएका छन् । नेपालगंज पर्यटन बोर्डबाट विनियोजन गरिएका यस्ता मन्दिर संरक्षण र पर्वद्धनका विभिन्न शिर्षकहरुमा बिनियोजित गरिएका अधिकाँस रकमहरुको अहिलेपनि सदुपयोग हुन सकेको छैन् । यसको खोजी कसले गर्ने हो अख्तियार दुरुपयोग अनुसंन्धान आयोग, स्थानीय प्रशासन वा स्थानीय नागरिकहरु । यसवारे सम्वन्धित निकायले तत्काल खोजी गर्नुपर्ने देखिन्छ ।
No comments:
Post a Comment