सुर्खेत, ६ माघ ।
विश्वविद्यालयको दोस्रो सिनेट सुर्खेतमा हुनुपर्ने माग गर्दै विभिन्न पक्षबाट विरोधका कार्यक्रमहरु भईरहेपनि अन्तत विश्वविद्यालयको दोस्रो सिनेट पनि काठमाण्डौमा बसेको छ ।
विश्वविद्यालयका उपकुलपति एवम मन्त्रीपरिषदका अध्यक्ष खिलाराज रेग्मीको व्यवस्ता देखाउदै दोस्रो सिनेट पनि काठमाण्डौमा गरिएको हो । विश्वविद्यालयको दोस्रो सिनेट सुर्खेतमा हुनुपर्ने माग गर्दै विभिन्न पक्षबाट विरोधका कार्यक्रमहरु भईरहेपनि अन्तत विश्वविद्यालयको दोस्रो सिनेट पनि काठमाण्डौमा बसेको छ ।
यसअघि पनि विश्वविद्यालयको पहिलो सिनेट पनि उपकुलपतिको व्यवस्ता देखाएर काठमाण्डौमा नै गरिएको थियो । विश्वविद्यालयको केन्द्रीय कार्यालय सुर्खेतमा रहेपनि सिनेट काठमाण्डौमा गरिएको प्रति आन्दोलनका कार्यक्रमहरु भएका थिए । सिनेट काठमाण्डौमा गरिएको प्रति विभिन्न पक्षहरुले आन्दोलन गरेपछि विश्वविद्यालय पदाधिकारीहरुले दोस्रो सिनेट सुर्खेतमै गर्ने प्रतिबद्धता जनाएका थिए ।
प्रतिबद्धतालाई कुल्चेर काठमाण्डौमा तय गरिएको दोस्रो सिनेट स्थगितको माग गर्दै सुर्खेतमा विरोध गरिएपनि विरोधकैबीच सोमबार काठमाण्डौको एक होटेलमा दोस्रो सिनेट सम्पन्न भयो ।
No comments:
Post a Comment