सुर्खेत, ६ माघ ।
नेपाल पत्रकार महासंघ सुर्खेत शाखामा युनियनको नाममा केही व्यक्तिहरुले ३ महिना अघिदेखि लगाएको ताला खोलिएकोप्रति जिल्ला स्थित विभिन्न पत्रकारसँग सम्बन्धित संघ संगठनहरुले समर्थन जनाएका छन् ।
नेपाल पत्रकार महासंघ सुर्खेत शाखामा युनियनको नाममा केही व्यक्तिहरुले ३ महिना अघिदेखि लगाएको ताला खोलिएकोप्रति जिल्ला स्थित विभिन्न पत्रकारसँग सम्बन्धित संघ संगठनहरुले समर्थन जनाएका छन् ।
प्रेस चौतारी नेपाल, क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ, प्रगतिशिल पत्रकार संघ र सुनगाभा टेलिभिजनले सोमबार संयुक्त प्रेस विज्ञप्ति प्रकाशति गरी महासंघको कदमप्रति समर्थन जनाएको हो । विज्ञप्तिमा भनिएको छ, ‘महासंघ केन्द्रको निर्देशनका शाखा अध्यक्ष दुर्गा थापाले पटक पटक वार्तामा आउन अनुरोध गर्दा वेवास्ता गरेको, आफूहरुले गरेको तालाबन्दी, आफूहरुलेनै खोलीसकेपछि मात्र वार्तामा बस्ने भनी सहमति गरेकोमा चापी लिएर आउछौ भनी माघ ४ गते दिनभर शाखाकै भवनमा पर्खिदा दिनभर नआएपछि महासंघको दैनिक कार्यमा अवरोध आएकाले महासंघले गरेको यो कदम सह्रानिय छ ।’
साथै महासंघको केन्द्रीय कार्यालयले गरेको निर्देशन वमोजिम सदस्यता नविकरण, जिल्लाको अधिवेशनको तयारी लगायतका कामकाज गर्नका लागि असहज परेको र शाखाले विधपुर्वक गरेको सिफारिस अनुसार नै सञ्चार माध्यममा आवद्ध सञ्चारकमीीहरुलाई मात्र सदस्यता वितरण गरेको प्रति हाम्रो पुर्ण समर्थन रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
No comments:
Post a Comment