Saturday, January 4, 2014

भेरी–कर्णालीको साधारण सभा

संघमा १ सय ९२ ट्रक तथा ट्रेक्टर आवद्ध

सुर्खेत २० पुस । 
भेरी–कर्णाली ट्रक तथा ट्रेक्टर व्यवसायी संघ दैलेखको आठौं बार्षिक साधारणसभा शनिबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । सभामा संघमा आवद्ध भएर भेरी र कर्णाली क्षेत्रमा साना तथा ठुला गरी १ सय ९२ ट्रक तथा ट्रेक्टरका सवारी साधनहरु सञ्चालनमा रहेको जनाईएको छ ।
भेरी र कर्णालीमा गरी २५ वटा  ट्रक, ८४ मिनिट्रक ६३ ट्रेक्टर गरि जम्मा १ सय ९२ ढुवानी यातायाका साधानहरु व्यवसायी संघमा आवद्ध भएर सञ्चालनमा ल्याइएको बताइएको छ । 
शनिबार वीरेन्द्रनगरमा भएको भेरी—कर्णाली ट्रक तथा ट्रेकटर व्यावसायी संघ दैलेखको आर्ठाैँ वार्षिक साधारणमा तथा अधिवेशनमा उक्त विवरण सार्वजनिक गरिएको थियो । संघका अनुसार सञ्चालित सामान तथा खाद्य ढुवानी यातायाकतका साधनहरुमा पनि दुर्गम क्षेत्रमा बढी ढुवानी गर्नुपर्ने हँुदा कर्णालीका जिल्लाहरुमा सबै भन्दा धेरै सवारी साधनहरु सञ्चालनमा रहेको जनाइएको छ । 

सुर्खेत–जुम्लारोड, सुर्खेत–दैलेखरोड, सुर्खेत–तल्लोडुङ्गेश्वर–दुल्लुरोड, सुर्खेत–धरमपोखरा, सुर्खेत–मुगुुरोड, सुर्खेत–जाजारकोटरोड, सुर्खेत–मङलसैनारोड, सुर्खेत–बेतानरोड, सुर्खेत—दैलेख चामुण्डारोेड गरी सुहाउँदो भाँडादर सहित ट्रक तथा ट्रेक्टर सञ्चालन गरिएको जनाईएको छ । 
भेरी–कर्णाली ट्रक तथा ट्रेक्टर व्यावसायी संघमा आबद्ध ढुवानीका साधनहरु पल्टिएमा उठाउने, झुण्डीएको र फसेको उठाईने,  दुघर्टनाका घाईतेहरुलाई उपचार गरिदिने, मृतकलाई क्रिया खर्च उपलब्ध गराउने, तेस्रो पक्षिय क्षति पुर्ति समेत दिने व्यवस्था गरिएको संस्थाको नियमित सेवामा राखिएको छ । 
ट्रक तथा ट्रेक्टर व्यावसायी संघको आठौँ वार्षिक साधारणसभाको उद्घाटनपछि बोल्दै नेपाल यातायात व्यवसायी संघका केन्दीय उपाध्यक्ष यादवलाल श्रेष्ठले यातायातका सवारी तथा ढुवानी जुनसुकै भएपनि यातायात साधनै भएको भन्दै सम्पूर्ण यातायात व्यावसायीहरु एक जुट हुनुपर्ने बताए । 
यातायात व्यवसायीहरुबिच नै विभिन्न संघ संगठनहरु निर्माण गरियो भने यातायात व्यवसायमा ठूलो गिरावट आउनसक्ने उनले बताए । नेतृत्वको गर्नु मात्रै ठूलो कुरा नभएर संचालन गरिएको व्यवसाय ठुलो हो, उनले भने । पदको लोपमा नफसौं, उपाध्यक्ष श्रेष्ठले भने, ‘नेपालमा जतिपनि यातायात व्यासायी संस्सथाहरु सञ्चालनमा आएका छन् सबै संस्थाहरु गुठ र उपगुठमा  विभाजन नभई  एकतावद्ध भएर अगाडी बढ्नुपर्छ  ।’ पछिल्लो समयमा यातायात व्यावसायीहरुबीच नियम विपरितका अस्वस्थ पतिस्पर्धाले  पनि व्यवसाय फस्टाउनुको साटो झन धरासायी बन्न पुगेको श्रेष्ठले बताए । 
कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रहरी प्रमुख जीवन बुढाथोकी, लाइन्स क्लवका निवर्तमान अध्यक्ष शिवराज अधिकारी, उद्योग वाणिज्य संघ सुर्खेतका निवर्तमान अध्यक्ष विष्णु शाही लगायतलाई दोसल्ला आढाई सम्मान समेत गरिएको थियो ।
मध्यपश्चिम यातायात व्यावसायी संघ सुर्खेतका अध्यक्ष विष्णुबहादुर खड्का, सुर्खेत यातायात व्यवसायी संघका अध्यक्ष, नेपाल यातायात मजदुर संघका केन्द्रीय उपाध्यक्ष गोपाल कृष्ण गिरी, जिल्ला प्रहरी कार्यालयका एसपी प्रकाश अधिकारी, सुर्खेत उद्योग वाणीज्य संघका निवर्तमान अध्यक्ष विष्णुबहादुर शाही, लाइन्स क्लव सुर्खेतका शिवराज अधिकारी लगायतले आफ्नो भनाई राखेका थिए । 

No comments:

Post a Comment