सुर्खेत २० पुस ।
ओयसिस बचत तथा ऋण सहकारी संस्थाको छैठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । “स्वारोजगार विकास र आत्मनिर्भरता, आर्थिक उन्नतिका लागि सहकारीता” भन्ने मूल नारासहित शनिबार वीरेन्द्रनगरमा ओयसिस दिवस मनाईएको हो ।
२०६४ सालमा स्थापना भएको यस सहकारी संस्थाले छोटो समयमानै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको शेयर धनीहरुको भनाई रहेको छ । ओयसिस बचत तथा ऋण सहकारी संस्थाले एक वर्षमा ५ करोड ९० लाख २३ हजार बराबरको कारोबार गर्न सफल भएको छ । संस्थाको आर्थिक वर्ष २०६९÷०७० को वार्षिक प्रगति र भावी कार्ययोजना प्रस्तुत गर्दै संस्थाका सचिव रामबहादुर खड्काले बताए ।
उनका अनुसार गत आर्थिक वर्षकोे तुलनामा चार गुणाले शेयर पूँजीमा बृद्धि भएको बताए । गत आर्थिक वर्षको अन्तमा २८ लाख ६७ हजार थियो भने यसै आर्थिक वर्षको अन्तसम्ममा उक्त पूँजी बढेर ३३ लाख ६४ हजार पुग्नुले संस्थाको ४ लाख ९७ हजार शेयर पूँजी थपिएको छ, सचिव खड्काले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै यस्तो बताए ।
आगामी वर्षका लागी संस्थाले लिने निति तथा नयाँ कार्यक्रम समेत सार्वजनिक गरेको छ । १५ वर्षे बाल श्रमिक बचत दोब्बर भूक्तानी कार्यक्रम, सात पर्षे दोब्बर भुक्तानी कार्यक्रम, ज्येष्ठ नागरिक बचत योजना, बिमा कार्यक्रम, सरल बिमा भुक्तानी योजना, भाखा नाघेको ऋणी सदस्यको नाम सार्वजनिक गरिने, व्यवसायीक क्षेत्रमा लगानी र सामाजिक कार्यमा सक्रियता जस्ता कार्यक्रमहरु ल्याएको पनि सचिव खड्काले जनाए ।
उद्घाटनपछि बोल्दै प्रमुख अतिथि जिल्ला बचत तथा ऋण सहकारी संघ सुर्खेतका अध्यक्ष पदम दाहालले बनेका मूल्य र मान्यतालाई अङ्गाल्दै जानेहो भने सफलता हात पार्न सकिने बताए । जिल्लामा हाल सम्म १ सय ४० सहकारीहरु सञ्चालनमा रहेको पनि उनले जानकारी दिए ।
कार्यक्रममा प्राइम बहुउद्देश्यीय सहारी संस्थाका अध्यक्ष भूषणकुमार मानन्धर, सुर्खेत बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गणेशकुमार बस्नेत, पाइनियर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष भीमबहादुर भण्डारी, प्रशान्ति वृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठ लगायतले आफ्नोे भनाई राखेका थिए । साथै संस्थामा उत्कृष्ट काम गर्ने र उत्कृष्ट बचत कर्ताहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष भद्र भण्डारीको सभापतित्वमा सम्पन्न भएको हो ।
No comments:
Post a Comment