सुर्खेत, २० पुष ।
लाटीकोइली गाउँ विकास समितिको आयोजनामा आर्थिक बर्ष २०७०÷०७१ का लागि विकास निर्माणका योजना छनौट भेला सम्पन्न भएको छ । गाविसका सम्पूर्ण वडाको वडा स्तरीय भेला शनिबार सम्पन्न भएको हो ।
आर्थिक बर्ष २०६९÷०७० को समिक्षा एवंम नयाँ विकासका योजनाहरुको छनौट गर्न वडा स्तरबाट स्थानीयबासीन्दाको सुझाव सहित विकासको प्राथमिकिकरण गरिएको छ । वडा स्तरीय नागरिक मञ्च, वडा तथा टोलका स्थानीयबासीन्दा, राजनीतिक दलको सहभागितामा वडा भेला सम्पन्न भएको हो ।
भेलाका क्रममा बाटो निर्माण, सुधार, विद्यालयको भौतिक संरचनामा सुधारका बारेमा मात्रै धेरैले आवाज उठाएको गाविसका सचिव पृतिभक्त गिरीले जानकारी दिए । वडा स्तरीय भेलाको अन्तिम दिन शनिबार वडा नं. ९ को भेला सम्पन्न भएको छ ।
भेलामा नेकपा एमालेका प्रतिनिधी गणेशबहादुर वली, नेपाली काँग्रेसका प्रतिनीधि ढाकाराम न्यौपाने, एनेकपा माओवादीका प्रतिनीधि तारा आचार्य, नेपाल रेडक्रसका उपशाखा सभापति कृष्णबहादुुर थापा, महिला अगुवा खैरुन निसा सहितले आ–आफ्नो भनाई राखेका थिए ।
लाटीकोइली गाविसमा पर्ने खेती योग्य जमिन क्रमश खण्डिकरण भैरहेको बताउँदै भेलाका सहभागिहरुले ठाउँ ठाउँमा बाटो खोलेर खेती योग्य जमिन टुक्रयाउन नहुने सुझाव दिएका थिए । खेती योग्य जमिनको सहि व्यवस्थापन गर्नका लागि युएनडिपीको परियोजना लाटिकोइलीमा लागु हुन लागेको समेत सोही अवसरमा जानकारी गराईएको थियो ।
भेलामा बोल्दै गाविस सचिव गिरीले आफु पनि यसै गाविसको भएकाले गाविसका सम्पूर्ण वडा, टोल, क्षेत्र, समुदायको सर्वोत्तम हितलाई ख्याल गर्दै विकास निर्माणमा लाग्ने प्रतिवद्धता व्यक्त गरेका थिए । आफनो कार्य संधै पारदर्शी हुने भन्दै गाविस आफ्ना सेवाग्राहीलाई प्रभावकारी सेवा दिन प्रतिवद्ध रहेको बताए ।
No comments:
Post a Comment