Saturday, January 4, 2014

लायन्स क्लव सुर्खेतद्वारा कम्मल वितरण

सुर्खेत, २० पुष ।
लायन्स क्लव अफ सुर्खेतले शनिबार देउती बज्यै मन्दिर परिसरमा माग्न बस्ने गरिब, अशक्त, अपाङ्गता भएका दिनदुखीहरुलाई कम्मल वितरण गरेको छ । एक कार्यक्रमको आयोजना गरी लायन्स क्लव अफ इन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ का निवर्तमान गभर्नर सेम शाक्य सहितको टोलीले १५ जना गरिब, दिनदुखीहरुलाई कम्मल वितरण गरेको हो ।
चिसौ मौसममा राहतको प्रदान गर्न स्थानीय व्यवसायी शिवराज अधिकारी र अमृता अधिकारीको प्रायोजनमा कम्मल वितरण गरिएको हो । कम्मल वितरणपछि बोल्दै निवर्तमान गभर्नर शाक्यले सुर्खेतमा रहेका सम्पूर्ण लायन्स क्लवहरुले गरेको सामाजिक कार्यको प्रशंसा गर्दै पश्चिम नेपालमै लायन्स क्लव अफ सुर्खेतले सामाजिक कार्य मार्फत उत्कृष्टता हाँसिल गरेकोमा प्रशंसा व्यक्त गरे ।

लायन्स क्लव अफ सुर्खेतका अध्यक्ष मेघनाथ पाण्डेको सभापतित्वमा सम्पन्न कम्मल वितरण कार्यक्रममा सिनियर डिष्ट्रिक एडभाइजर मधुसुधन रिजाल, ज्ञानेन्द्र श्रेष्ठ, चिफ यरिया को–अर्डिनेटर रमेश श्रेष्ठ, लायन्स क्लव अफ सुर्खेतका मूल्याङ्कन संयोजक जमुना पाण्डे, को–अर्डिनेटर कल्पना कार्की, निवर्तमान अध्यक्ष शिवराज अधिकारी, पूर्व अध्यक्ष टुकाराम लामिछाने, सुर्खेत उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विष्णुबहादुर शाही, कोपिला मावि पर्सेनीका प्रधानाध्यापक पहल केसी सहितले आ–आफ्नो भनाई राखेका थिए । ध्वजा अभिवादन लायन्स क्लव अफ सुर्खेतका कोषाध्यक्ष वेदबहादुर थापाले गरेका थिए ।

लायन्स इन्टरनेशनलद्वारा पुस्तकायल सहयोग 

शनिबार आयोजित कम्मल वितरणकै अवसरमा लायन्स क्लव अफ इन्टरनेशनल ३२५ वि २ ले विद्यालयमा पुस्तकालय स्थापना गर्न सहयोग गरेको छ । कोपिला मावि पर्सेनीलाई पहिलो चरणमा एक लाख बराबरको नगद तथा पुस्तक सहयोग गरिएको छ ।
क्लव इन्टरनेशनल ३२५ बि २ का निवर्तमान गभर्नर सेम शाक्यले आयोजित कार्यक्रममा अवसरमा विद्यालयका प्रधानाध्यापक पहलसिंह केसीलाई सहयोग रकम हस्तान्तरण गरेका थिए । बार्षिक १ लाख बराबरको सहयोग निरन्तर गरिने जानकारी दिँदै शाक्यले विद्यालयमा पुस्कालय स्थापना पछि बालबालिबाहरुलाई सहयोग पुग्ने बताए ।

लायन्सको क्याविनेट बैठक सुर्खेतमा        

लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक  ३२५ वी २  नेपालको तेस्रो क्याविनेट बैठक सुर्खेतमा हुने भएको छ । आगामी माघ १७ गते सो बैठक हुने भएको हो ।  बैठक व्यवस्थापन गर्न सम्राट गौतमको संयोजकत्वमा ११ सदस्यीय मूल तयारी समिति समेत गठन गरिएको छ ।
शनिवार भएको छलफलमा निवर्तमान गभर्नर सेम शाक्य, सिनियर डिष्ट्रिक एडभाइजर
मधुसुदन शर्मा, डिष्ट्रिक एड्भाइजर ज्ञानेन्द्र श्रेष्ठ, चिफ एरिया कोर्डिनेटर रमेशकुमार श्रेष्ठलगायत सुर्खेतस्थित विभिन्न लायन्स क्लवका पदाधिकारीहरुको सहभागिता थियो । क्याविनेट बैठकमा मुलुकभरका करिव ८ सय लायन लिडरहरुको सहभागिता रहने संयोजक गौतमले जानकारी दिए ।

No comments:

Post a Comment