Wednesday, February 12, 2014

अमेरिकन कर्नरमा अव्राहम लिङ्कन डे

सुर्खेत, २९ माघ ।
अबा्रहम लिङ्कन डे को अवसरमा अमेरिकन करर्नर (ई–लाईब्रेरी ) सुर्खेतमा अव्राहमका विभिन्न भिडियोहरुको प्रदर्शनी गरिएको छ ।
साथै सोही अवसरमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको थियो । सूचना सहायक हृदेशकुमार के.सी ले उक्त कार्यक्रममा सहजीकरण गरेका थिए ।  लिङ्कनको जीवनिका बारेमा हेना मार्कसी ले पनि सहभागीहरुलाई प्रकाश पारेका थिए ।
अव्राहम लिङ्कन को जन्मदिन पारेर अमेरिकन कर्नर सुर्खेत ले नगर बाल मञ्च सुर्खेत द्धारा संचालित सूचना केन्द्रलाई पुस्तक सहयोग गरेको थियो । कार्यक्रममा पिश क्रोप भोलेन्टेयर, नगर बाल मञ्चका अध्यक्ष तिलक पौडेल, सुरक्षित समाज सुर्खेतका कुमार थापा, जिल्ला शिक्षा कार्यालय जाजरकोटका दुर्ग वि.क., सुप्रिम एकेडेमीका शिक्षक राजन गौतम लगायतको उपस्थिति थियो ।

No comments:

Post a Comment