Wednesday, February 12, 2014

दोस्रो पर्यटन तथा शैक्षिक महोत्सव हुँदै

सुर्खेत, २९ माघ ।
सुर्खेतमा पर्यटन तथा शैक्षिक महोत्सव–२०७० हुने भएको छ  । पर्यटन विकास मञ्च सुर्खेतले यही फागुन १४ गतेदेखि २२ गते सम्म महोत्सव वीरेन्द्रनगरको खुल्ला मञ्चमा आयोजना गर्न लागेको हो ।
“राष्ट्रिय पर्यटन तथा शैक्षिक महोत्सवको अभियान सिङ्गो राष्ट्र नेपालको पहिचान” भन्ने मुल नारा सहित महोत्सवको आयोजना गरिएको छ । सुर्खेत जिल्लालाई पर्यटकीय एवम् शैक्षिक केन्द्रको रुपमा विकास गर्दै यस क्षेत्रका जनताको जीवनस्तर उठाइ आत्मनिर्भर बनाउने लक्ष्य महोत्सवले लिएको आयोजक मूल समितिका संयोजक चिन्तामणी शर्माले बताए ।

महोत्सवमा हेलिकप्टरबाट मुुगुको रारा ताल लगायत पर्यटकीय स्थलहरुको भ्रमण र रात्री बसाई, परम्परागत स“ास्कृति झल्कने सा“स्कृतिक झा“किहरुको प्रस्तुती, पर्यटकीय क्षेत्रको पदयात्रा, सामुदायिक संवाद, पर्यटकीय क्षेत्रको भ्रमण, भ्यू टावरको निर्माण, का“क्रेविहारको डकुमेन्ट्री, भेरी नदीमा जलयात्रा, होम स्टे बसाई, घोडचढी, ख्यातीप्राप्त राष्ट्रिय कलाकारहरुको बेजोड सा“स्कृतिक प्रस्तुति, वाल उद्यानका खेल सामग्रीहरु राखिने जनाईएको छ ।
त्यसैगरी वृत्तचित्र र फोटो प्रदर्शनी, स्थानीय भेषभुषा झल्किने कार्यक्रमहरु, शैक्षिक पुस्तक प्रदर्शनी  तथा विज्ञान शैक्षिक प्रदर्शनी, शिक्षकले चाहे गर्न सक्छन् राष्ट्रिय सम्मेलन, सुर्खेतका सामुदायिक विद्यालयमा सामुदायिक पुस्तकालय स्थापना, एक हप्ता निःशुल्क योग साधाना शिविर, सुर्खेती गर्रा नाच तथा देउडा नाच सहितका प्रस्तुती हुने संयोजक शर्माले जानकारी दिए ।
जिल्लाको पर्यटन गुरुयोजना तोकिएको समय भित्रै बनाउन आर्थिक सहयोग जुटाउने, समग्र शिक्षा क्षेत्रको समुचित विकासमा सहयोग पु¥याउने, पर्यटकीय संरचनाको पहिचानका लागि अझ बढी प्रभावकारी रुपमा विकास गर्दै पर्यटन तथा शिक्षा क्षेत्रको संगसंगै विकास गर्ने महोत्सवको उद्देश्य रहेको जनाईएको छ ।
त्यसैगरी लोककला, संस्कृतिको संरक्षण र सम्वद्र्धनमा टेवा पु¥याउने, राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा मध्यपश्चिमको पहिचान गराउने, मध्यपश्चिम क्षेत्रका संभावित पर्यटकीय क्षेत्रहरुसम्म पहुचमार्ग निर्माण गर्न आवश्यक पहल गर्ने, लघु घरेलु तथा कृषिजन्य उत्पादन र व्यवसायको प्रवद्र्धनका लागी स्थानीय जनतालाई उत्प्रेरणा प्रदान गर्ने, अविकसित अवस्थामा रहेका घरेलु तथा साना उद्योगी व्यवसायीहरुलाई उत्प्रेरणा प्रदान गर्ने उद्देश्य रहेका छन् ।
सामाजिक एकता र सद्भाव बढाउ“दै धार्मिक सहिष्णुताको  अनुपम उदाहरण प्रस्तुत गर्ने, नया“ पर्यटकीय भेराईटीहरु प्रस्तुत गर्दै लगिने, स्थानीय उत्पादन तथा सेवाहरुको बारेमा जानकारी दिई उत्पादन मुलक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने, स्थानीय प्रतिभाको खोजी र प्रष्फुटन गराउने, शिक्षा क्षेत्रको विकासका लागि विज्ञान प्रदर्शनी, पुस्तक प्रदर्शनी, शैक्षिक कार्यशालाका माध्यमद्धारा समग्र शिक्षा क्षेत्रमा नयाँ आयाम दिने संयोजक शर्माले जानकारी दिए ।
जिल्ला र जिल्ला बाहिरका करिव २ लाख दर्शकले महोत्सव अवलोकन गर्नुका साथै १० करोड भन्दा बढी आर्थिक कारोबार हुने आयोजकले दावि गरेका छन् । जिल्ला विकास समितिको कार्यालय, जिल्ला शिक्षा कार्यालय, वीरेन्द्रनगर नगरपालिका, घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय, उपत्यका नगर विकास समिति, गैर सरकारी संस्था महासंघ सुर्खेतको सहकार्यमा महोत्सवको आयोजना गरिएको छ ।
त्यसैगरी असल शासन क्लव जिल्ला समन्वय समिति, नेपाल पत्रकार महासंघ जिल्ला शाखा, नेपाल घरेलु तथा साना उद्योग महासंघ, राष्ट्रिय अपाङ्ग महासंघ, जिल्ला समन्वय समिति सुर्खेत, गाविस हकहित संरक्षण केन्द्र, सुर्खेत, प्याब्सन सुर्खेत, एन–प्याव्सन सुर्खेत, राष्ट्रिय पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, शिक्षक युनियन, नेपाल आदिबासी तथा जनजाति महासंघ र जिल्ला सहकारी संघ सुर्खेतको समेत सहकार्य रहेको जनाइएको छ ।

No comments:

Post a Comment