कालीकोट, २९ माघ ।
जिल्ला कुटानी तथा पिसानी मिल नहुँदा कालीकोट रास्कोटका स्थानीय कृषकले तोरी पेल्नका लागि दुई दिन लगाएर दैलेखमा तेल पेल्न जानुपर्ने वाध्यता आएको छ । जिल्लाका विभिन्न स्थानमा केही समय पहिले नीजि तथा सामूहिक रुपमा कुटानी पिसानीका मिल स्थापना भए पनि मर्मत सम्भारको अभावमा बिग्रिएपछि नबन्दा समस्या आएको हो ।

मिल अभावमा जिल्ला सदरमुकामबाट करिब १२ कोष टाढा पर्ने रास्कोटका स्थानीय बासिन्दाको तोरी व्यवसाय नै हराउने अवस्थामा पुगेको छ । फुकोट गाविसमा अत्याधिक फल्ने तोरीको उचित व्यवस्थापन र उत्पादन भएको तोरी पेल्न स्थानीय प्रविधिबाट कठिन हुने र जिल्लाबाहिर लैजान खर्चिलो हुने भएका कारण किसानले तोरी लगाउन छाड्दै गएको बताइएको छ ।
गाउँमा मिल हुँदा गहुँ लगाउने खेतभरी तोरी लगाएर दुई–चार क्वीन्टल उत्पादन गरेको विगत स्मरण गर्दै स्थानीय कृषक रामलाल न्यौपानेले अहिले गाउँमा मिल नहँुदा तोरी लगाउन छाडेको बताए । उनले भने, गाउँमा उत्पादन भएको तोरी लिएर दैलेखको खिड्किज्युला, अछामको राकममा जानुपर्छ आफ्नो तेलको भन्दा बढी खर्च लाग्छ, त्यसैले तोरी लगाउन गाउँलेले छाडेको हुन ।
हिजोआज थोरै लगाएको तोरी फुकोट गाविस ताम्तीका स्थानीय बासिन्दाले चार दिन लगाएर दैलेखको राकमबाट तोरी पेलेर घर फर्किएको स्थानीय प्रेम ऐडीले बताए । उनका अनुसार गाउँमा रत्नमान श्रेष्ठले स्थापना गरेको कुटानी पिसानी मिल मर्मत अभावका कारण जीर्ण बन्दै गएपछि किसानलाई समस्या आएको हो । गाउँमा मिल भएमा आफूहरुले तोरीबाट राम्रै आम्दानी गर्न सक्ने स्थानीय कृषक कर्ण बुढा बताए ।
जिल्लाका एक दर्जनभन्दा बढी गाविसमा स्थापना भएका मिलहरु मर्मत अभावका कारण सुचारु हुन सकेका छैनन । जिल्लाका विभिन्न स्थानमा मिल सञ्चालनमा भए पनि मर्मत कोषको अभावमा समस्या आउने गरेको स्थानीय मिल सञ्चालक महेशकुमार श्रेष्ठको भनाइ छ । रासस
No comments:
Post a Comment