सुर्खेत, २९ माघ ।
समाज जागरण केन्द्र (स्याक) नेपाल सुर्खेतले जिल्ला स्थित यौन व्यवसायमा संलग्न व्यक्तिहरुलाई सुरक्षित व्यवहारको बारेमा जानकारी गराउँदै आएको छ । संस्थाले एकीकृत एचआइभी रोकथाम परियोजनामार्फत यौनसम्पर्कबाट लाग्ने सरुवा रोग र ती रोगहरुबाट बच्नका लागि चेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रम सुरु गरेको विगत २१ महिनाको अवधिमा करिब छ सय जना यौनकर्मीहरु सम्पर्कमा आएको र उनीहरुलाई सरुवा रोगका बारेमा जानकारी दिइएको कार्यक्रम संयोजक चन्द्र बिकले जानकारी दिए ।

सन् २०१७ सम्म सञ्चालन हुने कार्यक्रमअन्र्तगत यौनकर्मी अर्थात यौन व्यवसायीहरुलाई भेटी सरुवा रोगबाट बच्ने उपायहरु सिकाउने र उनीहरुको स्वास्थ्य परिक्षण गराउने उद्देश्य लिइएको संयोजक बिकले जानकारी दिए ।
संस्थाले बुधबार वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा संस्थाकी अध्यक्ष मीना तिवारी शर्माले यौनकर्मी महिलाहरुको यौन व्यवसाय रहर नभई बाध्यता भएको बताउँदै उनीहरुलाई बैकल्पिक पेशामा संलग्न गराउन आवश्यक रहेको बताइन् । यौन व्यवसाय समाजबाट निर्मूल पार्न नसकिएको अवस्थामा उनीहरुलाई सुरक्षित व्यवहार सिकाउन सकेमा एचआइभी जस्ता यौनसम्पर्कबाट सर्ने रोगबाट बच्न सकिने उनको भनाई थियो ।
अन्तरक्रियामा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरिक्षक प्रकाश अधिकारी, नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष दुर्गा थापा लगायतले यौन व्यवसाय रोक्न नसकिएको अवस्थामा सुरक्षित व्यवहार सिकाउनु महत्वपूर्ण भएको भनाई व्यक्त गरेका थिए ।
No comments:
Post a Comment