सुर्खेत २९ माघ ।
नागरिक सचेतना सम्बन्धिको पहुँच विस्तार गर्न पहिला महिलाहरुमा राजनितिक चेतना आवश्यक भएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । बुधबार केयर नेपालको आर्थिक सहयोग तथा समाज जागरण केन्द्र (स्याक) नेपाल सुर्खेतका आयोजनामा दुई दिने प्रतिनिधिहरुको जिल्ला स्तरीय सम्मेलनका सहभागिहरुले यस्तो कुरा बताएका हुन ।
नागरिक सचेतना सम्बन्धिको पहुँच विस्तार गर्न पहिला महिलाहरुमा राजनितिक चेतना आवश्यक भएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । बुधबार केयर नेपालको आर्थिक सहयोग तथा समाज जागरण केन्द्र (स्याक) नेपाल सुर्खेतका आयोजनामा दुई दिने प्रतिनिधिहरुको जिल्ला स्तरीय सम्मेलनका सहभागिहरुले यस्तो कुरा बताएका हुन ।
राजनिति विना उठाइएको आवाज पानि विनाको माछा सरह हुने भन्दै महिलाहरुमा जबसम्म राजनितिक चेतना विकास हँुदैन तबसम्म हिंसा र पिडाहरुले उन्मुक्ति नपाउने सहभागिहरुको भनाई रहेको थियौ ।
कार्यक्रममा स्थानीय विकास अधिकारी भोजेन्द्रकुमार क्षेत्रीले बच्चालाइ जन्म दिएर मात्र हुँदैन त्यसको स्याहार सुसार जरुरी भएको बताए । अधिकारको लागि आत्मसात गर्नु संगसंगै कर्तव्यको पालनामा पनि ध्यान दिन सिक्नुपर्ने बताए ।
नेपाल महिला संघकी जिल्ला अध्यक्ष नन्दा गिरीले राजनिति नै अहिलेको मानव विकासको परिवर्तन भएकाले महिलाहरुमा शिक्षासंगै राजनितिको ज्ञान हुनुपर्ने बताइन । कार्यक्रमा बोल्दै अखिल महिला संघ सुर्खेतकी अध्यक्ष मोहनमाया ढकालले महिलाहरु महिनावारी, पाठेघर खस्ने समस्या र घरेलु हिंसाबाट बढी पीडित हुनुुको प्रमुख कारण राजनितिक पुहुँचको कमी भएको बताईन ।
उनले थपिन जबसम्म महिलाहरुले समाजमा राजनितिमा कब्जा जमाउँछन् तब मात्र महिलाहरुका हरेक अधिकारले स्थान पाउँछ । नेपाल क्रान्तिकारी महिला संघ सुर्खेतकी अध्यक्ष सुनकेशा शाहीले हाम्रो नेपाली समाजमा महिलाहरु केबल बच्चा जन्माउने मेसिनका रुपमा लिईएको बताइन । स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म महिलाहरुको राजनितिमा उत्साहपूर्ण सहभागिता हँुदैन तबसम्म शासक वर्गहरुले महिलाहरुमाथि शोषण गरिर्ने ठोकुवा गरिन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल सुर्खेतका सचिव अमृत राना, अखिल नेपाल महिला संघ सुर्खेतकी अध्यक्ष हिरा धमला, नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका अध्यक्ष दुर्गा थापाले आ–आफ्नो भनाई राखेका थिए । नागरिक सचेतना कार्यक्रम जिल्लाका काफ्लकोट, आग्रीगाउँ, बजेडीचौर, लेखफर्सा, तरंगा, बिजौरा, पोखरीकाडाँ, गुठु, छाप्रे, घाटगाउँ लगायतका गरी १५ गाविसमा ४२ सचेतना केन्द्रहरु रहेको जनाईएको छ ।
भेलामा नागरिक सचेतना केन्द्रहरुले गरेका राम्रा कार्य, महिला अधिकार क्षेत्रमा पु¥याएको योग्दान, समस्या र समाधानका विषयमा छलफल गरिएको छ । अभ्यास गरिएका सिकाई अनुभवन आदान–प्रदान समेत गरिएको छ । स्याक नेपालले महिला सचेतना केन्द्र मार्फत जिविकोपार्जनमा ५५ लाख घुम्ति कोषको रुपमा रकम उपलब्ध गराएको छ । ऋण परिचालन गर्न ३ सय ३६ जनाले उक्त रकमबाट राहत पाएको जनाईएको छ ।
No comments:
Post a Comment