नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष भाष्करराज राजकर्णिकारले उद्योग व्यवसायी र नीजि क्षेत्रलाई हेर्ने सरकारको दृष्टिकोणमा परिवर्तन आउनुपर्ने बताए । बुधबार सुर्खेत उद्योग वाणिज्य संघको ३० औ साधारणसभालाई सम्बोधन गर्दै कर्णिकारले यस्तो बताएका हुन् ।
पहिले नीजि क्षेत्र आफ्नो फाइदा कमाउनका लागि मात्रै उन्मुख हुन्छन भन्ने गरिएकोमा अहिले निजी क्षेत्र र व्यावसायी सामाजिक उत्तरदायित्व सहितको भूमिकामा रहेकाले अब सरकारले हेर्ने दृष्टिकोणमा परिवर्तन आउनु पर्ने उनको भनाई थियो । ‘पहिले जस्तो छैन नीजि क्षेत्र अहिले हामी सबै राज्यबाट लिने भन्दा पनि दिने बर्गका छौ’ उपाध्यक्ष कर्णिकारले भने, ‘अब राज्यले नीजि क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्छ ।’
सरकारले नीजि क्षेत्रमा व्यवसायीले तिर्न नसक्ने गरी लगाएको राजश्व कर नसच्याए आफूहरु सडकमा उत्रने चेतावनी दिए । ‘हामी असल करदाता बन्न चाहन्छौ’ उनले थपे, ‘त्यसो भन्दा भन्दै घाँटी निमोट्न खोजियो भने सडकमा उत्रिन्छौ ।’ दोस्रो संविधानसभालाई बन्द हड्तालका बीचमा सफल बनाउन व्यवसायीहरुको महत्वपूर्ण भूमिका रहेको बताउँदै अहिलेको संविधानसभामा महत्वपूर्ण हिस्सा रहेको जिकिर गरे ।
संविधानसभा निर्वाचन अघि महासंघले बुझाएको घोषणा–पत्रमा राजनीतिक दलहरुले सहमति जनाइसकेको स्मरण गराउँदै कर्णिकरले अबको सरकारले त्यसको अक्षरस लागु गर्न माग गरे । अहिले राजनीतिमा गृह, रक्षा जस्ता मन्त्रालयमा भइरहेको विवाद देख्दा आफूहरुलाई भने उद्योग, कृषि, पर्यटन जलस्रोत जस्ता मन्त्रालयमा जानकार व्यक्ति आइदिओस भन्नेमा समग्र नीजि रहेको उनले स्पष्ट पारे । उपाध्यक्ष कर्णिकरले सुर्खेत उद्योग वाणिज्य संघले मध्यपश्चिमका सम्पूर्ण उद्योग वाणिज्य संघको नेतृत्व गर्नुपर्ने बताए ।
मध्यपश्चिमको सेन्टरमा सुर्खेत भएकाले मध्यपश्चिमाञ्चल क्षेत्रको समग्र विकासका लागि सुर्खेतमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमान स्थलको निर्माण गर्न आवश्यक रहेको उनले बताए । साधारणसभामा मध्यपश्चिमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र केसी, जिल्ला स्थित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले संघलाई राजनीतिक आस्था र बिचारबाट टाढा राखी विशुद्ध व्यवसायीको साझा संस्था बनाउनुपर्नेमा जोड दिएका थिए ।
भर्खरै सम्पन्न मध्यपश्चिमाञ्चल पर्यटन तथा व्यापार मेलामा सहयोग गर्ने विभिन्न व्यक्ति र संस्थाहरुलाई साधारणसभामा सम्मान पनि गरिएको थियो । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष पदमबहादुर शाहीले जिल्लामा नीजि सार्बजनिक साझेदारी प्रणालीबाट गर्न सकिने धेरै कामहरु सहकार्य हुन नसकी ओझेलमा परेको बताउँदै आगामी दिनमा नीजि सरकारी साझेदारीलाई अगाडी बढाउन आवश्यक रहेको बताए । उनले सम्पन्न पर्यटन तथा व्यापार मेलामा सहयोग गर्ने सम्पूर्णलाई विशेष धन्यबाद दिएका थिए ।

उद्योग वाणिज्यको क्षेत्रीय भवन उद्घाटन
उद्योग वाणिज्य संघको मध्यपश्चिमाञ्चल विकास क्षेत्र स्तरीय क्षेत्रीय कार्यालयको भवन एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । बुधबार नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भाष्कर राज कर्णिकरले वीरेन्द्रनगरमा क्षेत्रीय उद्योग वाणिज्य संघको भवनको उद्घाटन गरेका हुन् ।
भवन शिलान्यास कार्यक्रमपछि बोल्दै राजकर्णीकारले नीजि क्षेत्रको संगठन विस्तारका लाग यस क्षेत्रकै ऐतिहाँसिक कामको सुरुवात भएको बताए ।
क्षेत्रीय कार्यालयको भवनको उद्घाटन गरेर मात्र नहुने भन्दै यसको निर्माण र संरक्षणका लागि मध्यपश्चिमका सबै उद्योग वाणिज्य संघहरुले आफ्नै सम्पत्ति सम्झेर निर्माणको कार्यमा लाग्नुपर्ने सुझाव दिए ।
कार्यालय सुर्खेतमा स्थापित हुनुले पनि यसको निर्माण र संरक्षणमा सुर्खेत उद्योग वाणिज्य संघले अभिभावकको भूमिका खेल्नुपर्ने समेत उपाध्यक्ष कर्णिकरले बताएका छन् । करिब ५ कठठा क्षेत्रफल रहेको जग्गामा निर्माण गरिने भवनको प्रारम्भिक चरणमा पर्खाल र गेट राख्ने कार्य तत्कालै गरिने भन्दै नयाँ कार्यकालसम्ममा भवनको निर्माण गरिसक्ने प्रतिबद्धता पनि जनाएका छन् ।
त्यस्तै भक्तपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष युवराज भण्डारीले क्षेत्रीय उद्योगको कार्यालय स्थापनाले मध्यपश्चिम क्षेत्रमा रहेका उद्योग व्यवसायीहरुको हकहितका र संरक्षणका लागि आवाज उठाउने बताए ।
बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष भीमबहादुर धामीले कार्यालय भवन उद्घाटनमा सिमित नराखेर यसले यस क्षेत्रका उद्योग व्यवसायीहरुको हितका लागि महत्वपूर्ण कार्य गर्न सक्नुपर्ने बताए । उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष पदमबहादुर शाहीले खरिद गर्दा चार करोड भन्दा बढी पर्ने जग्गा नगर विकास समिति सुर्खेतले उपलब्ध गराएको छ यो नै उद्योग व्यवसायीहरुका लागि गर्भको कुरा भएको बताए ।
जग्गा पाएर अनि भवनको उद्घाटन गरेर मात्र उद्योग वाणीज्य संघको क्षेत्रीय कार्यालय निर्माण नुहने भन्दै यसका निम्ति मध्यपश्चिममा स्थापित उद्योग वाणिज्य संघ र अन्य उद्यमीहरुको आर्थिक सहयोगका खाँचो पर्ने बताए ।
क्षेत्रीय कार्यालयले सुर्खेतका उद्योगी व्यसायीहरुको लागि मात्र नभएर मध्यश्चिमका सम्पूर्णं उद्योग व्यवसायीहरुको निमित्त लड्ने समेत अध्यक्ष शाहीले बताए । सुन्दरबहादुर प्रधानको अध्यक्षतामा भवन निर्माण समिति समेत गठन गरिएको बताइएको छ । कार्यक्रम उद्योग वाणिज्य संघका महासचिव नरविर रावको सभापतित्वमा सम्पन्न भएको थियो ।

No comments:
Post a Comment