Friday, February 14, 2014

डिआइजी शाहीको जनचेतनामा जोड

सुर्खेत, २ फागुन ।
मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी प्रमुख (डिआइजी) केशबहादुर शाहीले प्रहरी र सर्वसाधारण जनता हातेमालो गरी अगाडी बढेमात्रै अपराध नियन्त्रण गर्न सकिने बताएका छन् ।  शुक्रबार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा डिआइजी शाहीले सो कुरा बताएका हुन् ।

‘प्रहरी विसुद्ध जनताकै लागि हो भन्ने कुरा बुझ्न जरुरी छ’उनले भने, ‘पब्लिक पिपुल पाट्र्नरसीपमा मात्रै अपराध नियन्त्रण गर्न सकिन्छ ।’ उनले समाजमा शान्ति कायम गर्नका लागि जनचेतनामूलक कार्यक्रमलाई आफूले प्राथमिकता दिने बताए ।
डिआइजी शाहीले मध्यपश्चिम क्षेत्रको समग्र शान्ति सुरक्षा कायम गर्नका लागि तराइमा ‘सामुदायिक प्रहरीको सहभागिता आम जनताको लागि’  र पहाडमा प्रत्येक ठाउँमा प्रहरीको पहुँच भन्ने नाराका साथ अभियानकै रुपमा कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए । हिमाली क्षेत्रमा भने त्यहाँको वस्तु स्थिति बुझेर आगामी चैत सम्ममा विशेष अभियान सञ्चालन गर्ने उनको भनाई छ । 
विशेष गरी तराईमा सवारी दुर्घटना न्यूनिकरण, लागु औषध न्यूनिकरण र जनतासंग सामुदायिक प्रहरीको सहकार्यमा विभिन्न चेतनामूलक अभियान संचालन गरिरहेको उनले जानकारी दिए । त्यसैगरी पहाडी क्षेत्रमा गाउँ गाउँमा प्रहरीको उपस्थिति र हिमाली क्षेत्रमा समय सुहाउँदो कार्ययोजना तयार गरेर प्रहरीलाई परिचालन गर्ने काम भैरहेको बताए ।

No comments:

Post a Comment