सुर्खेत, २ फागुन ।
सुर्खेत कुनाथरी–१ का ३८ बर्षिय पूर्णबहादुर सलामीले पत्निको हत्या गरी फरार भएका छन् । घरायसी विवादमा पत्निको टाउकोमा फलामले हिर्काएर हत्या गरेको घटना स्थल पुगेको प्रहरीले जानकारी दिएको छ ।
पूर्णबहादुरले पत्नि देउकुमारी सलामीको हत्या गरेका हुन् । घाउकोमा फलामे छड प्रहार गरी घाइते बनाएपछि उपचारका लागि क्षेत्रीय अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रकाश अधिकारीले जानकारी दिए ।

कुटपिटबाट गम्भिर घाइते देउकुमारीको शुक्रबार दिउँसो मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँ पु¥याइए लगतै डाक्टरे मृत घोषणा गरेका थिए । मृतकको टाउँकोमा बढी चोट देखिएकाले फलामे हतियार प्रयोग गरि हत्या गरिएको प्रहरीको प्रारम्भिक अन्सन्धानले जनाएको छ । पुर्णबहादुर भने हत्या गरी फरार रहेका छन् । घटनास्थलमा पुगि घटनाबारे अनुसन्धान थालिएको र फरार व्यक्तिको खोजी पनि भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरिक्षक अधिकारीले जानकारी दिए ।
यसैबीच मोटर साइकलमा अबैध काठ आसोरिरहेका दुई जनालाई बिहीबार राती प्रहरीले पक्राउ गरेको छ । भे. १ प. ६४७९ नम्बरको मोटरसाइकलमा काठ ओसारी रहेका लाटीकोइली–८ का शंकर बिष्ट र सोही स्थानकै हरिबहादुर बुढालाई पक्राउ गरेको हो । उनीहरुबाट सात हजार पाँच सय बराबर मुल्य पर्ने ५.०९७ क्युफीट काठ र ७० हजार बराबर मुल्यको मोटरसाइकल जफत गरी जिल्ला वन कार्यालयमा बुझाएको प्रहरी उपरिक्षक अधिकारीले बताए ।
No comments:
Post a Comment