गोविन्द खत्री
सुर्खेत, २ फागुन ।
सुर्खेत जिल्लाका ३४ गाउँ विकास समिति र वीरेन्द्रनगर नगरपालिकामा ग्रामिण विद्युतीकरणका लागि ५४ करोड १६ लाख रपैँया बजेट प्रस्ताव गरिएको छ । नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय सुर्खेतले आगामी आर्थिक बर्ष (०७१–०७२) का लागि सो बजेट वरावरको कार्यक्रम प्रस्ताव गरेको हो ।
सुर्खेत, २ फागुन ।
सुर्खेत जिल्लाका ३४ गाउँ विकास समिति र वीरेन्द्रनगर नगरपालिकामा ग्रामिण विद्युतीकरणका लागि ५४ करोड १६ लाख रपैँया बजेट प्रस्ताव गरिएको छ । नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय सुर्खेतले आगामी आर्थिक बर्ष (०७१–०७२) का लागि सो बजेट वरावरको कार्यक्रम प्रस्ताव गरेको हो ।
शुक्रबार जिल्ला विकास समितिले आयोजना गरेको एकीकृत योजना तर्जुमा बैठकमा प्राधिकरण सुर्खेत शाखाका प्रमुख सुरेशप्रसाद सिंहले इलाका स्तरीय योजनाबाट माग भई आएका योजना अनुसार उक्त कार्यक्रम तयार पारिएको बताए ।
प्रमुख सिंहले हाइटिन्सन र लोटिन्सन गरी ८०÷८० किलोमिटर लाईन विस्तारका लागि सो कार्यक्रम तयार पारिएको बताए । उनका अनुसार गुमी गाविसमा ८ किलो मिटर हाइटीन्सन र १५ किमी लोटिन्सन वितरण लाईन विस्तारका लागि एक करोड ५६ लाख बजेट प्रस्ताव गरिएको छ ।
दहचौरमा चार किमी हाइटिन्सन र दश किमी लोटिन्सन गरी ८८ लाख, तीन किमि हाईटिन्सन र पाँच किमि लोटिन्सन गरी ५६ लाख रुपैँया घुमखहरेका लागि प्रताव गरिएको छ । छिन्चु र साटाखानी–लामीडाँडामा तीन÷तीन किमि हाईटिन्सन र पाँच÷पाँच किमि लोटिन्सन गरी ५६÷५६ लाख बजेट प्रस्ताव गरिएको छ ।
६४ लाखमा रामघाटमा तीन किमी हाईटिन्सन र सात किमी लोटिन्सन, ४४ लाखमा मैनतडामा दुई किमि हाईटिन्सन र पाँच किमी लोटिन्सन वितरणलाई विस्तार गर्ने कार्यक्रम रहेको छ । प्रस्तावमा मेहलकुना र मालारानीमा एक करोड ४४÷ एक करोड ४४ लाखमा सात÷सात किमी हाइटिन्सन र १५÷१५ किमि लोटिन्सन, सहारेमा एक करोड ७२ लाखमा ८ किमि हाइटिन्सन र १९ किमि लोटिन्सन, वीरेन्द्रनगर, लाटीकोइली र जर्बुटामा २४÷२४ लाखमा छ किमि लोटिन्सन लाईनको प्रताव गरिएको छ ।
साटाखानीमा ४८ लाखमा दुई किमि हाइटिन्सन र ६ किमि लोटिन्सन, कल्याणमा एक करोड ३६ लाखमा ८ किमि हाइटिन्सन र दश किमि लोटिन्सन, दशरथपुरमा ७६ लाखमा तीन किमि हाइटिन्सन र दश किमि लोटिन्सन, लेखफर्सामा एक करोड आठ लाखमा चार किमी हाइटिन्सन र १५ किमि लोटिन्सन र उत्तरगंगामा दश किमी लोटिन्सनका लागि ४० लाख बजेट प्रताव गरिएको छ ।
त्यसैगरी गढी र लेखगाउँमा चार किमि हाइटिन्सन र दश किमि लोटिन्सनका लागि ६४ लाख, नेटा र बजेडीचौरमा पाँच÷पाँच किमि हाइटिन्सन र १५÷१५ किमी लोटिन्सनका लागि एक करोड २०, रतु २५ किमि हाइटिन्सन र १५ किमी लोटिन्सन र रानीवासमा १५ किमी हाइटिन्सन र १२ किमी लोटिन्सका लागि दुई करोड ८० लाख बराबरको बजेट प्रस्ताव गरिएको छ ।
साटाखानी टिमुरकोटमा पाँच किमि हाइटिन्सन र दश किमि लोटिन्सनका लागि एक करोड, पाँच किमि लोटिन्सनका लागि हरिहरपुरमा २० लाख, राकममा दश किमि हाइटन्सन र १५ किमि लोटिन्सनका लागि एक करोड ८० लाख, काप्रिचौरमा पाँच किमि हाइटिन्सन र दश किमि लोटिन्सनका लागि एक करोड, डाँडाखालीमा हाइटिन्सन र लोटिन्सन दश÷दश किमि विस्तारका लागि एक करोड ६० लाख र खानीखोलामा दश÷दश किमि का लागि एक करोड बजेट प्रस्ताव गरिएको शाखा प्रमुख सिंहले जानकारी दिए ।
उनका अनुसार आग्रीगाउँमा १५ किमि हाइटिन्सन र दश किमि लोटिन्सन र काफलकोटमा दश÷दश किमि विद्युत लाईन विस्तारका लागि २२÷२२ लाख प्रताव गरिएको छ । खानीखोला गाविसकै जामुनेबजार–आली सम्म १५ किमि हाईटिन्सन र २० किमि लोटिन्सनका लागि दुई करोड ६० लाख, घोरेट गाविसको बाघखर्क–सुन्तला–गान्द्राका लाग २५ किमि हाइटिन्सन र ३५ किमि लोटिन्सनका लागि चार करोड ४० लाख र वीरेन्द्रनगर–बड्ीचौर–बाबियाचौर–विद्यापुर–विजौरा–लगाम सम्म लाईन विस्तार गर्नका लागि १२ करोड ८० लागि रुपैँया प्रस्ताव गरिएको छ ।
बैठकमा जिल्ला कृषि विकास कार्यालयले विभिन्न कार्यक्रमका लागि दुई करोड ३२ लाख ८९ हजार बजेट प्रस्ताव गरेको छ । जिल्ला शिक्षा कार्यालयले विद्यालय कर्मचारी व्यवस्थापन खर्च सहित गरी ३५ करोड ७२ लाख ४३ हजार बराबरको प्रस्तावित कार्यक्रम प्रस्तुत गरेको छ । शुक्रबार बसेको ११ औँ चरणको एकीकृत योजना तर्जुमा बैठक पछि यही फागुन नौ गते जिल्ला विकास समितिको बैठकले स्वीकृत गरी १४ गते हुने जिल्ला परिषदमा प्रस्तावित कार्यक्रम लिने जिल्ला विकास समितिका योजना अनुगमन तथा प्रशासकिय अधिकृत कृष्णप्रसाद खरेलले जानकारी दिए ।

No comments:
Post a Comment