सुर्खेत २ फागुन ।
लिटिल बुद्धका रुपमा संसारभर परिचित हुदै आएका दाङ देसखुरीका लक्ष्मण चौधरीले देशमा जबसम्म संविद्यान नबने आफू घरमा नफर्किने बताएका छन् । शान्ति र संविद्यान समयमै निर्माण गरियोस भन्ने मूल नारालाई आत्मसात गर्दै मेचि–महाकाली अभियानका क्रममा शुक्रबार वीरेन्द्रनगरको सुर्खेत आईपुगेका चौधरीले यस्तो बताएका हुन ।

दृष्टिविहिन समेत रहेका लिटिल बुद्ध शान्ति अभियानमा थारु समुदायहरु जुट्नुपर्छ, राजनितिक संकटमा रुमलिएको देशले छिटो भन्दा छिटो निकास पाउनुपर्ने भन्दै मेचि–महाकाली अभियान थालेको समेत जनकारी दिए । चौधरीको कक्षा–८ मा पढदै गर्दा विद्यालयबाट घर फर्किदै गर्दा एक्कासी उनका दुवै आँखा बन्द भएका हुन उनले भने ।
दृष्टिविहिन भइसकेपछि करिब १७ बर्षको उमेरमा ज्ञान प्राप्तिका लागि जङगल प्रवेश गरेको र २८ वर्षपछि आफूलाई दृष्टिविहिन नभएको अनुभुति भएको लिटिल बुद्धले बताए । गौतम बुद्धको भन्दा आफ्नो विचार फरक छ, उनले भने ‘मिठो बोलेर मात्र देशमा शान्ति मिल्दैन आफूले प्राप्ती गरेका ज्ञान र सिप अरुलाई सिकाउनु पर्छ ।’
दृष्टिविहिनहरुको संरक्षण र शान्ति भवन निर्माण गरिनुपर्ने सरकारलाई माग पनि चौधरीको रहेको छ । हाल उनकै परिक्षणबाट ज्ञान प्रचार–प्रचार सफल भएको समेत जनमानसमा विश्वास रहँदै आएको पाइन्छ । लिटिल बुद्ध (लक्ष्मण चौधरी) विभिन्न नयाँ ज्ञान, ज्ञान हस्त रेखा, भविष्य वाणी १ सय १ शुल्कबाट हजारौँ काममा शान्तिको घण्टी बजेको समेत उनीसम्वदहरुले जानकारी दिए । नेपालका ७५ जिल्लाहरुमध्य अहिलेसम्म ४२ जिल्लाहरुमा आफू पुगिसकेको समेत दृष्टिविहिन चोधरीले बताए ।
No comments:
Post a Comment