Wednesday, February 26, 2014

सी डिभिजनमा भैरब विजयी

सुर्खेत, ११ फागुन । 
बीरेन्द्रनगरमा सम्पन्न रेडबुल सी डिभिजन क्षेत्रीय फूटबलमा घरेलु टोली भैरव यूवा क्लव विजयी भएको छ ।
विजेता भैरव यूवा क्लवले कन्चनपुरको अरनिको क्लबलाई ६–२ गोल अन्तरले हराएको छ । २–० पछि परेको सुर्खेतले दोश्रो हाफमा लगातार ६ गोल गरी फराकिलो जित हात पारेको हो ।
दिर्घसिंह तामाङले चौथो मिनेटमा गोल गरेपछि अग्रता लिएको कन्चनपुरकालागि ४४ औं मिनेटमा विकेस तामाङले दोस्रो गोल गरी २ अंग पुगेको थियो । ४९ औं मिनेटमा देबिशरण गुरुङले खाता खोलेपछि सुर्खेतका खग्रेन्द्र खत्रीले दुई तथा महेन्द्र शाही, मधुसुदन पुन र रोसन शाहीले एक एक गोल गरेका थिए ।
त्यसैगरी बर्दियाको बागेश्वरी क्लबले जुम्लाको जनसेवा क्लबलाई २–० ले पराजित गर्दै दोस्रो स्थानमा चित्त बुझाएको छ । सुर्खेतसंग समान ६ अंक भएपनि गोल अन्तरका आधारमा बर्दयिाले दोस्रो स्थानमा चित्त बुझाएको हो । बर्दियाका डम्बर केसी र शम्भु चौधरीले एकएक गोल गर्दै टोलीलाई जित दिलाएका हुन् ।  विजेता भैरवले बी डिभिजनमा बढुवाकालागि अर्को चरणको प्रतियोगितामा सहभागी हुने मौका पाएको छ । अखिल नेपाल फूटबल संघको वार्षकि क्यालेण्डर अनुसार सुर्खेत जिल्ला फूटबल संघको आयोजनामा जिल्लामै पहिलो पटक भएको क्षेत्रीय प्रतियोगितामा टिकट प्रणाली लागू गरिएको थियो ।

No comments:

Post a Comment