सुर्खेत, ११ फागुन ।
बहिरा बालबालिकाको लागि समाहित शिक्षा प्रवद्र्धन कार्यक्रम अन्तर्गत क्षेत्रीय कार्याशाला गोष्ठि आइतबार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ । एक्सन ऐडको सहयोगमा रारा मानविय तथा वातावरणीय स्रोत विकास प्रयास (रेरी) ले गोष्ठिको आयोजना गरेको हो ।
गोष्ठिमा मध्यपश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय सुर्खेतका उप–निर्देशक भक्तबहादुर खड्काले शिक्षा पाउनु सबै नागरिकको मौलिक अधिकार भएको भन्दै अपाङ्गता भएका बालबालिकाहरुको शिक्षा पाउने अधिकारलाई सुनिश्चित गर्न समाहित शिक्षा कार्यक्रमले सहयोग पु¥याउने धारणा व्यक्त गरे । उनले समुन्नत समाज निर्माणका लागि शारिरिक तथा मानसिक रुपमा अपाङ्गता भएका बालबालिकाहरुलाई पनि अनिवार्य रुपमा कम्तिमा आधारभुत तहको शिक्षाको पहुँचमा पु¥याउन आवश्यक रहेको बताए ।
रेरीका अध्यक्ष पुनित विक्रम शाहले विद्यालयको पहुँचभन्दा बाहिर रहेका सुस्तमनस्थितिका बालबालिकाहरुलाई विद्यालय सेवा क्षेत्र भित्र ल्याउन रेरीले बाँके र कैलालीमा बहिरा बालबालिकाहरुका लागि समाहित शिक्षा प्रवर्शन कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।
यस्तै रेरीका कार्यक्रम निर्देशक साजिदअली सिद्धिकिले बहिरा बालबालिकाहरुलाई समाजले हेर्ने दृष्टिकोण अझै नकारात्मक रहेको भन्दै त्यसलाई तोड्न उनीहरुलाई शिक्षा दिनुपर्ने बताए । उनका अनुसार रेरीले बहिरा बालबालिका, शिक्षक तथा अभिावकहरुलाई सांकेतिक भाषा सिकाउने, यस्ता बालबालिकालाई स्थानीय सामुदायिक विद्यालयमा भर्ना गराउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको जनाए । साथै सिद्धिकिले बहिरा छात्रावासको अभाव र सामुदायिक विद्यालयमा बहिरा मेत्री भवन नहुँदा समस्या परेको समेत बताए ।
कार्यक्रमका सहभागिहरुले बहिरा बालबालिकाहरुलाई सहज वातावरणमा शिक्षा प्रदान गर्न सरकारले ध्यान दिनुपर्ने धारणा राखेका थिए ।
No comments:
Post a Comment