सुर्खेत, ४ फागुन ।
पछिल्लो समय सुर्खेतमा समुदायका विवाद समुदायमै समाधान गर्ने परिपाटी विकास भएको छ ।
सुर्खेत जिल्लाका विभिन्न गाविसहरुमा मेलमिलाप केन्द्रहरुको स्थापना भएपछि समुदायमै बसेर विवाद मिलाउने परिपाटीको विकास भएको हो । दुबै पक्षको जीत हुने र जीत्नका लागि कुनैपनि पक्षले पैसा खर्च समेत गर्नु नपर्ने भएपछि पछिल्लो समय सामुदायिक मेलमिलाप केन्द्रहरुमा समाधानका लागि आउने विवादहरुमा समेत बृद्धि भएको छ । स्थानीय विकास मन्त्रालय र यूएसए आइडीको साझेदारीमा सेलर्ड सहितका साझेदार संस्थाहरुको सहयोगमा सुर्खेतका १२ गाविस र वीरेन्द्रनगरमा सामुदायिक मेलमिलाप केन्द्रको स्थापना गरिएको छ ।
सामुदायिक मेलमिलाप केन्द्र घुमखहरेका संयोजक दुर्गा गुरुङले सुरुमा विवाद दर्ता गराउन आउँदा मिल्दैन की भन्ने सोचाइ राखेकाहरु पनि मेलमिलाप कर्ताको सहजीकरणपछि मिलेर जाने गरेका छन् । चालु बर्षको कात्तिक महिनाबाट स्थापना भएको सामुदायिक मेलमिलाप केन्द्र घुमखहरेमा मंसिर यता १४ वटा विवाद समाधान भइसेको संयोजक गुरुङले जानकारी दिइन् । उनका अनुसार दुबै पक्षको जीत हुने र गोप्य रुपमा मेलमिलाप हुने भएपछि केन्द्रमा आउने अधिकांश विवादहरु मिलेरै जाने गरेका छन् । २०६६ बाट सुरु भएको सामुदायिक मेलमिला केन्द्र लाटीकोइली गत बर्ष २३ वटा विवाद समाधान भएका थिए । केन्द्रका संयोजक गोमा जिसीका अनुसार मिलेर गएका विवाद दिर्घकालिन हुने गरेका छन् । एक पटक समाधान भैसकेका विवादहरु पुन नआउने उनी बताउछिन् । चालु बर्षमा १५ वटा विवाद समाधान भएको उनले बताइन् । संयोजक जिसीका अनुसार केन्द्रमा लेनदेन र जग्गा सादी सम्बन्धिका विवादहरु अन्यको तुलनामा बढी आउने गरेका छन् । गत बर्ष केन्द्रमा आएका २३ विवाद मध्ये सात वटा विवाद जग्गा रहेको जिसीले जानकारी दिइन् । पछिल्लो समय सुर्खेतमा समुदायका विवाद समुदायमै समाधान गर्ने परिपाटी विकास भएको छ ।
सुर्खेत जिल्लाका विभिन्न गाविसहरुमा मेलमिलाप केन्द्रहरुको स्थापना भएपछि समुदायमै बसेर विवाद मिलाउने परिपाटीको विकास भएको हो । दुबै पक्षको जीत हुने र जीत्नका लागि कुनैपनि पक्षले पैसा खर्च समेत गर्नु नपर्ने भएपछि पछिल्लो समय सामुदायिक मेलमिलाप केन्द्रहरुमा समाधानका लागि आउने विवादहरुमा समेत बृद्धि भएको छ । स्थानीय विकास मन्त्रालय र यूएसए आइडीको साझेदारीमा सेलर्ड सहितका साझेदार संस्थाहरुको सहयोगमा सुर्खेतका १२ गाविस र वीरेन्द्रनगरमा सामुदायिक मेलमिलाप केन्द्रको स्थापना गरिएको छ ।
सेलर्डको कार्यक्रम अन्र्तगत सुर्खेत १२ मध्ये सात गाविस नयाँ र पाँच पुराना गाविसमा सामुदायिक मेलमिलाप केन्द्रहरु रहेको सेलर्ड सुर्खेतकी संयोजक उमा भट्टाइले जानकारी दिइन् । उनकान अनुसार जनवरी महिनामा सहारेमा ११, लेखगाउँमा छ, कुनाथरीमा दुई र रामाघाटमा पाँच वटा विवाद समाधान गरिएको छ । समुदायिक मेलमिलाप केन्द्र मार्फत परिवार देखि समुदायस सम्म शान्ति स्थापनामा सहयोग पुगेको संयोजक भट्टाइ बताउछिन । निशुल्क तथा गोप्य रुपमा विवाद समाधान हुने भएकाले समुदायमा न्यायमा पहुँच नपुगेका वर्ग र समुदायलाई न्यायको पहुँच सम्म पु¥याउनु कार्यक्रमको प्रमुख उद्देश्य रहेको उनले बताइन् । उनले मेलमिलाप केन्द्रमा देवानी मुद्धा मात्रै हेरीने र फौजदारी मुद्धाहरुका विषयमा केन्द्रमा समाधान नगरिने जानकारी दिइन् । सामुदायिक मेलमिलाप केन्द्रमा तालिम प्राप्त मेलमिलाप कर्ताबाट विवाद समाधान गर्ने गरिएको छ । तर हाल आठ दिनको तालिम दिइने गरेकोमा थप पुर्नरताजकी तालीमको व्यवस्था हुनुपर्ने लाटीकोइलीका मेलमिलापकर्ता जागुराम चौधरीको भनाई छ । सेलर्ड संयोजक भट्टाइको समेत मेलमिलापकर्ताहरुलाई तालिम दिएर अझ दक्ष बनाउन सके विवाद समाधानमा सहज हुने धारणा रहेको छ । हाल लाटीकोइली, घुमखहरे, सहारे, रामघाट, लेखगाउँ, लेखपराजुल, रामघाट कुनाथरी, वीरेन्द्रनगर, गढी, धारापनी, पोखरीकाँडामा मेलमिलाप केन्द्रहरु रहेका छन् भने जर्बुटा र मेहलकुनामा पनि स्थापनाको तयारी गरिएको छ ।
No comments:
Post a Comment