Wednesday, February 26, 2014

शिक्षकलाई जिम्मेवार बन्न यूनियनको

सुर्खेत, ११ पुस ।
नेपाल राष्ट्रिय शिक्षा यूनियन सुर्खेतले आफ्ना सदस्यहरुलाई आफू कार्यरत रहेको विद्यालय र कक्षा कोठालाई शिक्षण सिकाईयुक्त बनाई जिम्मेवार बन्न आग्रह गरेको छ । 

युनियनको यही फागुन नौ र दश गते वीरेन्द्रनगरमा सम्पन्न तेस्रो अधिबेशन पछिको पूर्ण समितिको दोस्रो बैठकले यस्तो निर्णय गरेको हो । सुर्खेत जिल्लाको शैक्षिक स्तर उठान गर्नु पर्ने महशुस गरी निर्णय गरिएको हो । निर्णयलाई सफल तुल्याउन शिक्षासंग प्रत्यक्ष र परोक्ष रुपले सम्बद्ध सबै निकायहरुले आफ्नो भूमिका प्रभावकारी बनाउनु पर्ने, विद्यालय तह र जिल्ला तथा राष्ट्रिय स्तरका सबै परीक्षाहरुलाई थप मर्यादित बनाउन सबैसंग आग्रह गरेको छ । 
बैठकले सुर्खेत जिल्लाका विद्यालयहरुलाई एकमुष्ठ रुपमा शान्ति क्षेत्र घोषणा गरी सरकारको विद्यालय शान्ति क्षेत्र प्रस्तावलाई मुर्त रुप दिन  जिल्ला स्थित सबै सरोकारवालाहरुसंग छलफल गरी कार्यन्वयन गर्ने निर्णय गरेको छ । ‘सुर्खेतका सामुदायिक विद्यालयका शिक्षकले चाहेमा गर्न सक्छन’ कार्यक्रमलाई फागुन १७ गते सुरु गरि जिल्लाभर अभियानका रुपमा कार्यन्वयन गराउने पनि बैठकले निर्णय गरेको छ । 
शैक्षिक उत्थानलाई अभियानकै रुपमा सञ्चालन गर्न यूनियन सुर्खेतका अध्यक्ष पद्यमप्रसाद गौलीको अध्यक्षतामा सचिव कृष्णबहादु थापा तथा  लालपुरा शाही, उदयबहादुर खत्री, अमर कार्की चन्द्रलाल सापकोटा, गीता शाही सदस्य रहेको शिक्षा तथा तालिम उपसमिति गठन गरिएको छ । बैठकले अध्यक्ष गौलीकै संयोजकत्वमा क्यालेन्डर निर्माण उपसमिति, पनि गठन गरेको छ । युनियनको राष्ट्रि विद्यानमा संशोधन गर्नुपर्ने बुँदाहरु तयार गरी यही फागुन २५ देखि २७ सम्म हुने तेस्रो राष्ट्रिय सम्मेलनमा पेश गर्ने बैठकमा निर्णय गरिएको छ । यही फागुन सात देखि नौ गते सम्म सुर्यज्योति उच्च माद्यमिक विद्यालय राष्ट्रपती रनिङ्गसिल्ड प्रतियोगितामा स्थान ल्यानउने विद्यालयहरुलाई बधाई दिने निर्णय गरिएको सचिव कृष्णबहादुर थपाले जानकारी दिएका छन् ।
 बैठकले मनोनीत गर्न बाँकी सदस्यहरुमा मानबहादुर थापामगर, इन्द्रबहादुर बि.क, गोकुल पाण्डे, दलसिंह विसी र पूर्णबहादुर मिदुनलाई मनोनीत गरेको छ । 

No comments:

Post a Comment