सुर्खेत,११ फागुन ।
जिल्लाका ग्रामिण क्षेत्रका कृषकको माहुरीपालन व्यावसाय तर्फ आकर्षण बढ्दै गएको छ । परम्परागत रुपमा एक दुई घार मौरी पाल्दै आएका कृषकहरु महबाट राम्रो आम्दानी हुने देखेपछि मौरी पालन तर्फ आकर्षित भएका हुन् ।
मौरी पालनका लागि सुरुमा खासै ठूलो लगानी गर्न नपर्ने तथा व्यावसाय सुरु गरेको केही महिनामै आम्दानी लिन सकिने भएपछि आर्थिक अवस्था कमजोर भएका कृषकहरुको रोजाई बन्ने गरेको छ मौरी पालन । सानो लगानी र छिटो उत्पादनसंगै त्यति ठूलो विज्ञता समेत नचाहिने हुँदा पछिल्लो समय जिल्लामा मौरी पालन गर्ने कषकको संख्यामा समेत बृद्धि भएको छ । सालकोट २ का रामबहादुर सिजापतीले मह बेचेरै सिजनमा करिब ५० हजार आम्दानी गर्ने गरेका छन् । उनले स्थानीय जङगलमा पाईने सेरेना जातका मौरी पालन गरेका छन् । हाल उनीसंग ३० घार मौरी छ । मौरी पालनसंग संगै अन्य कृषि व्यावसाय पनि गर्न सकिने खासै मेहनत पनि गर्न नपर्ने र छोटो समयमै साचेको आम्दानी गर्न सकिने उनको अनुभव छ । ४५ वषर्र््ीय सिजापतिको मौरीको रेख देख गर्ने र मह बिक्रि गर्ने दैनिकी नै बनेको छ । पोखरीकाडा ३ का चैते विकले पनि आफ्नो ११ जनाको परिवारको मौरीको मह बेचेर जोहो गरेका छन् । वर्षाभरि राम्रोसंग हेरचाह गरियो, । उनले भने,‘मह बेचेर पत्येक हिउदमा ६० हजार भन्दा वढी कमाउछु ।’ स्थानीय जातको माहुरीको महको बजार माग समेत अत्याधिक भएकाले बजारको लागि कुनै समस्या नभएको उनले बताए । हाल महको मुल्य समेत बद्धी भएको छ उनले प्रतिमाना पाँच सय रुपैयाँका दरले मह बिक्रि गर्ने गरेका छन् । ‘गत वर्ष तीन सय रुपियाँ कुरुवामा मह विक्री गरेको हुँ, यो वर्षदेखि चार सयदेखि पाँचसय रुपियाँसम्ममा बिक्रि गरेको छ ’उनले भने । मह किन्नको लागि ग्राहकहरु घरमै आउने भएकाले व्यावसायमा अझ सजिलो भएको उनले बताए । पोखरीकाडाँ तीनकै लोकबहादुर भण्डारीले पनि केही समय बर्षदेखि मौरीपालनलाई नै प्रमुख व्यावसाय बनाएका छन् । ‘अन्य व्यापार व्यावसायमा गर्नुपर्ने जस्तो लगानी नलाग्ने र कम मेहेनतले राम्रो आम्दानी हुने भएकोले मौरीपालन व्यावसायमा लागेको हुँ’ उनले थपे,‘सबै व्यावसाय हेरियो, देखियो यसमा जस्तो चोखो फाईदा अन्त कुनै पनि व्यावसायमा पाइएन ।’ उले अहिले परम्परागत मुढे घारमा २० घार मौरी पालेका छन् । भण्डारीका अनुसार माहुरी पालनमा मेहेनत भनेको वर्षाको सिजनमा अरिङगाल हेर्ने, घार वरिपरि माकुराको जाल भए हटाउनु बाहेक खासै ध्यान दिन नपर्ने र आहारा आफै खोज्ने भएकाले झन सजिलो व्यावसायीक हुने बताए । व्यावसायिक पालनका लागि व्यावसायिक तालिम लिने हो भने परम्परागत रुपमा भैरहेका भन्दा दोब्बर आम्दानी हुने विज्ञहरुको भनाई छ । मौरी पालनका लागि उचित चारोका लागि सिजन अनुसार ठाउँ परिवर्तन गरेर चराउने, तातो चिसो वातावरण मिलाउने जस्ता सामान्य ज्ञान लिन जरुरी हुने बताइन्छ । जिल्लाका ग्रामीण क्षेत्रमा परम्परागत रुपमा मुडे तथा ओछे घारमा मौरी पालन गरिदै आइएको छ ।
No comments:
Post a Comment