Wednesday, February 26, 2014

पर्यटन तथा शैक्षिक महोत्सवको ९५ प्रतिशत तयारी

दश करोडको कारोबार हुने 

सुर्खेत,१२ फागुन । 
यही फागुन १४ देखि २२ गतेसम्म सुर्खेतमा सञ्चालन हुन लागेको सुर्खेत‘राष्ट्रिय पर्यटन तथा शैक्षिक महोत्सव–२०७०’ को तयारी अन्तिम चरणमा पुगेको छ ।

मेला आयोजक पर्यटन विकास मञ्च सुर्खेतले सोमबार पत्रकार सम्मेलन मार्फत मेलाको अन्तिम तयारी भएको र मंगलबार (आज) सबै तयारी गरिसक्ने बताएको हो । महोत्सवबाट दश करोडको बराबर कारोबार हुने अनुमान गरिएको छ । सुर्खेत जिल्लाको पर्यटन गुरु योजना निर्माण गर्न आर्थिक सहयोग जुटाउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । ‘सुर्खेतमा प्रसस्त पर्यटन संभावनाहरु छन् । पर्यटन विकास मञ्च सुर्खेतका अध्यक्ष चिन्तामणी शर्माले भने,‘जिल्लाको पर्यटन गुरुयोजना निर्माण गर्न रकम जुटाउने प्रमुख उद्देश्यले महोत्सव आयोजना गरिएको हो । उनले थपे, ‘गुरुयोजना नहुँदा विकासमा समस्या भएको छ’  चालु आर्थिक बर्षको अन्त सम्ममा पर्यटन गुरु योजना निर्माण गरिसक्न जिल्ला विकास समिति सुर्खेतले पर्यटन विकास मञ्चलाई निर्देशन गरेको भएपनि आवश्यक रकम नहुँदा महोत्सव आयोजना गरिएको अध्यक्ष शर्माको भनाई छ । महोत्सवमा जम्मा दश करोडको कारोबार हुने अनुमान गरिएको उनले जनाए । दश कारोड कुल कारोबार  भएपनि आयोजकको ७८ लाख ७५ हजार आम्दानी तथा खर्च हुने अनुमान  गरिएको छ ।  खर्चमा पर्यटन गुरुयोजना निर्माणमा १५ लाख रुपैयाँ समावेश गरिएको छ । महोत्सव अवधीमा निर्वाचन क्षेत्र स्तिरीय पर्यटकीय क्षेत्र भ्रमण कार्यक्रम पनि राखिएको छ । 
महोत्सवमा मुख्य गरी पर्यटन तथा शैक्षिक पर्बद्धनका लागि सहयोग पुग्ने किसीमका थप कार्यक्रमहरु रहेका छन् । ‘सामुदायिक विद्यालयका शिक्षकले चाहेमा गर्न सक्छन’ भन्ने राष्ट्रिय कार्यशाला गरिने छ । शैक्षिक प्रद्धर्शनी अन्र्तरगत रकेट, हाइड्रोपावर जस्ता सामग्री पर्दशनी गरिने छ । महोत्सवमा लुघु घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुहरुको पनि स्टल राखिने आयोजकले जनाएको छ । आयोजकका अनुसार महोत्सवमा हेलिकप्टरबाट मुुगुको रारा ताल लगायत पर्यटकीय स्थलहरुको भ्रमण र रात्री बसाई, परम्परागत सााँस्कृति झल्कने साँस्कृतिक झाँकिहरुको प्रस्तुती, पर्यटकीय क्षेत्रको पदयात्रा, सामुदायिक संवाद, पर्यटकीय क्षेत्रको भ्रमण, भ्यू टावरको निर्माण, काँक्रेविहारको डकुमेन्ट्री, भेरी नदीमा जलयात्रा, होम स्टे बसाई, घोडचढी, ख्यातीप्राप्त राष्ट्रिय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुति, वाल उद्यानका खेल सामग्रीहरु जस्ता आकर्षण रहेका छन् । महोत्सव अवधिमा वृत्तचित्र र फोटो प्रदर्शनी, स्थानीय भेषभुषा झल्किने कार्यक्रमहरु, शैक्षिक पुस्तक प्रदर्शनी तथा विज्ञान शैक्षिक प्रदर्शनी गरिने छ ।
महोत्सव अवधीभर ३५ भन्दा बढी राष्ट्रिय कलाकारहरुको उपस्थीति रहने छ भने स्थानीय कलाकारहरको पनि बेजोड प्रस्तुती रहने छ । 
साँस्कृतीय उपसमितिका संयोजक ललित भट्टाईका अनुसार १५ गते पशुपती शर्मा, हेमन्त शर्मा, कमल गाउँले, राधिका हमाल र तारापती सुवेदीको आगमन हुने छ । १६ गते कुलेन्द्र बिक, ज्योती मगर, अर्जुन कौशल, दिपक थापा र खुमन अधिकारी, १७ गते कमल खत्री, टिका पुन, पुश्ल शर्मा, दिपक खड्का र नायक सुशान्त कार्की र दिपासा विसी आउने छन् । १८ महोत्सवमा शिव परियार, बद्रि पंगेनी, मञ्जु महत, राजु गुरुङ र रमेश विजीको प्रस्तुती रहने छ । १९ गते रामचन्द्र काफ्ले, प्रजापती पराजुली, अर्जुन सोनाम, जुनु काफ्ले र सरला पाण्डे २० गते सीरिस देबकोटा, प्रमोद खरेल, पुरुषोत्तम न्यौपाने, रमिला न्यौपानेको प्रस्तुती हुनेछ । २१ गते विमल क्षेत्री, चन्द्र शर्मा, जमुना राना, शंकर विसी, पार्वती राई र स्मृती शाही तथा २२ गते शिव हमाल, होम गैरे र देवि घर्तीको प्रस्तुती हुने साँस्कृतीक उपसमितिका संयोजक भट्टाइले जानकारी दिए । 
 महोत्सवको १४ गते मंगलगढी चौकबाट ¥याली सुरु भई महोत्सव आयोजना स्थल (खुल्ला मञ्च) मा आउने कार्यक्रम रहेको छ । महोत्सवको कसले उद्घाटन गर्ने भन्ने विषयमा भने मंगलबार मात्रै निश्चित हुने जनाइएको छ । 
जिल्लाको पर्यटन गुरुयोजना तोकिएको समय भित्रै बनाउन आर्थिक सहयोग जुटाउनेसहित  समग्र शिक्षा क्षेत्रको समुचित विकासमा सहयोग पु¥याउने, पर्यटकीय संरचनाको पहिचानका लागि अझ बढी प्रभावकारी रुपमा विकास गर्दै पर्यटन तथा शिक्षा क्षेत्रको संगसंगै विकास गर्ने महोत्सवको उद्देश्य रहेको जनाईएको छ । लोक कला, संस्कृतिको संरक्षण र सम्वद्र्धनमा टेवा पु¥याउने, राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा मध्यपश्चिमको पहिचान गराउने, मध्यपश्चिम क्षेत्रका संभावित पर्यटकीय क्षेत्रहरुसम्म पहुचमार्ग निर्माण गर्न आवश्यक पहल गर्ने, लघु घरेलु तथा कृषिजन्य उत्पादन र व्यवसायको प्रवद्र्धनका लागी स्थानीय जनतालाई उत्प्रेरणा प्रदान गर्ने, अविकसित अवस्थामा रहेका घरेलु तथा साना उद्योगी व्यवसायीहरुलाई उत्प्रेरणा प्रदान गर्ने महोत्सवको उद्देश्य राखिएको छ ।

No comments:

Post a Comment