सुर्खेत, १३ फागुन ।
सुर्खेतको तरङ्गा गाउँ विकास समितिको कार्यालयले दश दिन लगाएर जनतालाई घरदैलोमै सेवा दिने भएको छ । गाउँ विकास समितिको कार्यालयसम्म आउन नसक्ने सेवाग्राहीलाई स्थानीय सरकारको अनुभूति दिलाउन फागुन १८ देखि २७ गतेसम्म घरदैलोमै सेवा दिन लागिएको हो ।
व्यक्तिगत घटना दर्ता, सरसफाई कार्ड वितरण, राजश्व संकलन तथा अन्य गाउँ विकास समितिको कार्यालयसंग सम्वन्धीत काम घुम्ती शिवीर चलाएर दिइने गाविस सचिव लक्ष्मीप्रसाद लामिछानले बताए । पहिलो दिन फागुन १८ गते भवानी प्राथमिक विद्यालय वडानम्वर १ गुराँसे, १९ गते पूर्णदेखि प्राथमिक विद्यालय वडानम्वर १ कै गाइनेकाँडामा तथा २० गते भैरवी निम्न माद्यमिक विद्यालय वडानम्वर २ सकुरमालामा घुम्ती सेवा चल्नेछ ।
फागुनको २१ गते वराह निम्न माद्यमिक विद्यालय वडानम्वर ८ लेखगाउँ, २३ गते वडानम्वर ७ को हर्रेकाँडा, २४ गते मालिका प्राथमिक विद्यालय वडानम्वर ७ केलाडीमा सेवा चलाइनेछ । त्यस्तै फागुन २५ गते वडानम्वर ६ को सिम्लेपानी, २६ गते वडानम्वर ३ को चन्द्रीबाँझ र २७ गते वडानम्वर ४ को सरस्वति निम्न माद्यमिक विद्यालय राजघाटमा सेवा सञ्चालन हुने छ ।
गाविसको कार्यालयले घुम्ती सेवाबाट फाइदा लिन पनि स्थानीय नागरिकलाई आग्रह गरेको छ ।
No comments:
Post a Comment