Wednesday, February 26, 2014

विद्यार्थीले बनाए विज्ञान सामग्री

सुर्खेत, १२ फागुन
विज्ञान शिक्षा संकाय अन्र्तगतका विद्यार्थीहरुको आयोजनामा सोमवारदेखि
वीरेन्द्रनगरमा दुई दिने  विज्ञान शैक्षिक सामग्री पर्दशनी सुरु भएको छ ।

सुर्खेत क्याम्पस शिक्षाका विज्ञान संकाय अन्र्तगत विएड तेस्रो वर्षमा अध्ययनरत
विद्यार्थीद्धय गुणदेव ढकाल र विष्णुप्रसाद लामिछानेले बनाएका शैक्षिक सामग्रीहरु
प्रर्दशन गरिएको छ । कार्यक्रमको उद्घाटन गर्दै क्याम्पस प्रमुख महेन्द्रकुमार
मल्लले संकायका सम्पूर्ण विद्यार्थीहरुले नै वैज्ञानिक आचरण बसाल्नुपर्ने बताए ।
उनले विज्ञान सामग्री प्रर्दशन कार्यक्रमले क्याम्पसको छुट्टै  नयाँ इतिहास
जन्माएको बताए । यस्तो कार्यक्रम क्याम्पसकै पहिलो कार्यक्रम भन्दै क्याम्पस
प्रमुख मल्लले विद्यार्थीद्धय ढकाल र लामिछानेलाई सफलताको शुभकामना व्यक्त गरे
। प्रर्दशनीमा तीन महिनाको तयारीबाट रोर्वट, हाईड्रो पावर, चर्खे
पिङ, विद्युतबाट चले गाडीलगायतका ३० वटा सामाग्री राखिएका छन् ।

No comments:

Post a Comment